तेक्वान्दो खेलाडीको निधन

taekwondo expired
तेक्वान्दो प्रशिक्षक राजेन्द्र केसीलाई पुत्रशोक परेको छ । राजेन्द्रका छोरा तेक्वान्दो खेलाडी दिलिप केसीको गत शुक्रबार निधन भएको हो । १२ वर्षिय स्व. दिलिपमा रेबिजको लक्षण देखिएको उनका ठूला बुवा बद्री खत्रीले जनाएका छन् । दिलिपको शनिबार पशुपति आर्याघाटमा दाहसंस्कार गरियो ।
स्व. दिलिपले विभिन्न समयमा भएका प्रथम जिल्लास्तरीय तेक्वान्दोमा तेश्रो, दोश्रो काठमाडौं जिल्लास्तरीय तेक्वान्दोमा दोश्रो, मनमोहन अधिकारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दोमा तेश्रोलगायत विभिन्न प्रतियोगितामा पदक जितेका थिए ।

Comment