सरिश्मा र दक्षिनालाई स्वर्ण

ladies taekwondo    नेपाल आर्मीकी सरिश्मा शाह र मध्यमाञ्चलकी दक्षिना शाही ठकुरीले प्रथम राष्ट्रिय महिला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको ३० केजी फाइनलमा सरिश्माले पश्चिमाञ्चलकी दीक्षा नेपाललाई पराजित गरिन् । त्यस्तै दक्षिनाले मध्यपश्चिमाञ्चलकी सीता दर्लामीलाई ४० केजीको उपाधि भिडन्तमा हराइन् ।
नेपाल तेक्वान्दो संघ अन्तर्गतको महिला सशक्तीकरण व्यवस्थापन समितिद्वारा आयोजित प्रतियोगिताको ४९ केजीमा विश्वविद्यालयकी अस्मिता खड्काले मध्यमाञ्चलकी सुस्मिता थापा मगर तथा ५३ केजीमा पश्चिमाञ्चलकी तारा बिसीले मध्यमाञ्चलकी सुस्मा श्रेष्ठलाई पन्छ्याउदै स्वर्ण जिते ।
प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको एपीएफक्लब र विश्वविद्यालय गरी ९ टिमको सहभागिता रहेको आयोजककी अध्यक्ष एवं प्रतियोगिता संयोजक नन्दा बस्यालले जनाएकीछन् । ९० खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिरहेकाछन् ।
प्रतियोगिताको सीएनएन हिरो अनुराधा कोइरालाले उद्घाटन गरिन् । प्रतियोगिताको अन्तिम दिन आइतबार बाँकी ६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

Comment