नवज्योति र चक्र कला फाइनलमा

नव ज्योति युवा क्लब र चक्र कला युवा क्लब वालिङ भलिबल क्लबको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुष तर्फको फाइनलमा प्रवेश गरेका छन् ।
फाइनल प्रवेशको क्रममा नव ज्योतिले आयोजक वालिङ भलिबल क्लबलाई २५–२३, २५–१९ ले हराएको हो । अर्को सेमिफाइनलमा चक्र कला युवा क्लबले राङ खोला युवा क्लबलाई २५–१४, २५–२० ले हराएको हो ।
Comment