पुरुष तर्फका खेल जारी 

राङ खोला युवा क्लब,पित्लेक अर्गानीक फर्म, नेपाल तारा युवा क्लब गल्याङ र चक्रदेवी युवा क्लबले वालिङ भलिबल क्लबको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फको बिहीबार भएको खेलमा जित हात पारेका छन् ।
राङ खोलाले बयरधारीसँगको खेलमा २८–२६,२५–२३ को जित हात पार्न सफल भयो । पित्लेकले सुबेदी हार्डवेयरलाई २५–१४,२२–२५२५–१९ ले हरायो । अर्को खेलमा नेपाल ताराले राम बाच्छा  युवा क्लबलाई २५–२१,२६–२८२९५–२७ ले हरायो । चक्रदेवीले वालिङ भलिबल क्लबसँगको खेलमा २५–१५,२५–२१ को जित हात पार्न सफल भयो ।
Comment