वडास्तरीय भलिबलमा आयोजक बी र लालीगुराँसको जीत

पोखरा
बालकन्या युवा क्लब विरुवा अर्चले गाविस, स्याङ्जाको आयोजनामा विरुवामा जारी नवौं विरुवा बजार महोत्सव–२०७१ शुत्रबार पनि जारी छ।
महोत्सवमा जारी वडास्तरीय पुरुष भलिबल प्रतियागिताअन्तर्गत शुक्रबार दुई खेल सम्पन्न भएका छन्। जसअनुसार पहिलो खेलमा लालीगुराँस युवा क्लब बेसारडाँडाले न्यू सनलाइट स्पोर्टस् क्लबलाई २–१ को सेटमा पराजित ग¥यो। उसले पहिलो सेट २२–२५ ले गुमाए पनि दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२०९ ले आफ्नो पक्षमा पार्न सफल भयो।
दोस्रो खेलमा आयोजक बालकन्या युवा क्लब ए ले सृजना युवा क्लब बाहु ओरष्ट्रेलाई २५–१३ र २७–२५ को सोझो सेटमा पाखा लगायो।वडास्तरीय भलिबल प्रतियोगितामा २२ टीमको सहभागिता रहेको छ। भलिबलका सम्पूर्ण खेल बेस्ट अफ थ्री र लिगकम नकआउटका आधारमा सञ्चालन हुने राष्ट्रिय रेफ्री अनिल रानाले जानकारी दिए।
कार्यक्रममा लोक तथा दोहोरी गायक गायिका शंकर विरही गुरुङ, इन्द्रा गुरुङ, गणेश राना, बालकृष्ण वाग्ले, सुरन परियार, सन्दीप परियारले गीत प्रस्तुत गरेका थिए भने नम्रता कुँवर, सार्जन थापा। साजन गुरुङ, गुरुङ चलचित्रकी नायिका उर्मिला गुरुङ, गौरी थापा, सृजना थापा, लाबादुर थापा र अमर गुरुङले नृत्य प्रस्तुत गरेको कार्यक्रमकाउद्घोषक एवं सञ्चारकर्मी गोविन्द सिंजालीले जानकारी दिए।
दाोस्रो दिनको महोत्सव करिब चार हजार दर्शकले अवलोकन गरेको बालकन्या युवा क्लबका सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए।महोत्सवमा राष्ट्रिय तथा स्थानीय दोहोरी कलाकारको बेजोड प्रस्तुति, हास्य कलाकारद्वारा नृत्य प्रस्तुति तथा होचापुड्का कलाकारद्वारा नृत्य प्रस्तुत गरिने बालकन्या युवा क्लबका अध्यक्ष सब्बु मियाँले जानकारी दिए।

Comment