सिद्धार्थ बनस्थली पहिलो

melina magaredited
सिद्धार्थ बनस्थली इन्स्टीच्युटले दुइ दिने अन्तरविद्यालय कराते प्रतियोगिताको उपाधि जितेको छ । बनस्थलीले सात, दोस्रा भएको ज्ञान मन्दिरले चार तथा तेस्रो भएको पारा माउन्ट एकेडेमीले तीन स्वर्ण हात पार्यो ।
महिला १२ बर्ष मुनी सिद्धार्थ बनस्थलीकी अल्बीना नगरकोटी, २० किलोमा ज्ञानमन्दिरकी मनीषा सिंह ठकुरी,३५ किलोमा सोही विद्यालयकी मनीषा राइ, ४० किलोमा सिथाद्र्ध बनस्थलीकी विभीषाका श्रेष्ठ तथा ४५ किलोमा सोही विद्यालयकी विपना तामांग पहिलो भए । खुलामा पनि सिद्धार्थकी पुजा पुलामी पहिलो भइन् ।
पुरुष तर्फ १२ बर्ष मुनी मल्पीका राम पुलामी तथा २० किलोमा सिद्धार्थ बनस्थलीका उज्वल कार्की पहिलो भए । २५ किलोमा बौद्धका नबीन तुलाधर, ३० किलोमा जनजागृतीका सञ्जित लामा, ३५ किलोमा सिद्धार्थबनस्थलीका सुमित तामांग पहिलो भए ।
४० किलोमा ज्ञान मन्दिरका सुरज लम्साल, ४५ किलोमा बौद्धका दावा लामा,५५ किलो भन्दा माथिको तौल समुहमा पवन पुलामी मगर,५० किलोमा ज्ञानमन्दिरका यमन सिंह ठकुरी र ५५ किलोमा प्रेम बहादुर बुढा पहिलो भए । टिम काताका स्पर्धामा पारा माउन्ट पहिलो भयो ।पुरुषमा ज्ञानमन्दिरका यमन सिंह ठकुरी र महिलामा जनजागृती ज्ञानरश्मीकी मेलीना मगर उत्कृष्ट भए ।
प्रतियोगिताका विजेतालाई एनआरएन मध्यपूर्व क्षेत्रीय प्रमुख चन्द्र बहादुर रोक्काले पुरस्कार प्रदान गरे । मदरल्यान्ड एकेडेमीको आयोजनामा सञ्चालित प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक दिल बहादुर खड्काले बताए । प्रतियोगितामा बहुसंंख्यक एकेएफ रेफ्रि संलग्न थिए ।
नेपाल कराते महासंघका रेफ्रि प्रमुख प्रकास मोहन धौवडेल सहित ध्रुब विक्रम मल्ल, राम लामा, राधीका देउला, मिङमा शेर्पा,बिसन सिंह खड्का,एकेएफ रेफ्रि छत्र बहादुर आले,पेम्बा तामांग, ममिता श्रेष्ठ, श्याम सुनुवार, पृथ्बी बहादुर श्रेष्ठ, राम शरण त्वाटी,राम चन्द्र गुरुंग, योग बहादुर राइ र बलराम मित्र प्रतियोगितामा संलग्न थिए ।

Comment