शहीद सप्ताह खेलकुद महोत्सव, १० किलोमिटर दौडमा दाहाल प्रथम

pokhara sportss
पोखरा
युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्कीको आयोजनामा बिहीबारदेखि पोखरामा शहीद सप्ताह खेलकुद महोत्सव सुरु भएको छ। पोखरा रड्डगशालाा सुरु महोत्सवको उद्योगमन्त्री महेश बस्नेतले गरे। महोत्सव अन्तर्गत बिहीबार सम्पन्न १० किलोमिटर खुल्ला दौड प्रतियोगितामा छत्रबहादुर दाहाल प्रथम भएका छन्। उनले ३४ मिनेट ५४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै प्रथम भएका हुन्।
३५ मिनेट २० मिनेटमा दूरी पार गर्दै हरेराम नेपाल दोस्रो भए भने ३७ मिनेट ३३ सेकेण्डमा दूरी पार गरेका किरण बोगटी तेस्रो भए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले  ११ हजार, ७ हजार र तृतीय ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। विजेता खेलाडीलाई उद्योग मन्त्री महेश बस्नेतले पुरस्कार वितरण गरेका थिए। दौडमा एक सय जनाले सहभागिता जनाएका थिए।
महोत्सव अन्तर्गत फुटबल प्रतियोगिता पनि बिहीबारबाटै सुरु भएको छ। उद्घाटन खेलमा युवा सङ्घ तनहँु जिल्ला कमिटीले आयोजक युवा सङ्घ कास्की नीलोलाई टाइब्रेकरमा ४–३ ले पराजित ग¥यो। एक साता चल्ने महोत्सवमा कास्की जिल्लास्तरीय खुल््ला पुरुष भलिबल प्रतियोगिता पनि रहेको युवा सङ्घ कास्कीका अध्यक्ष विष्णु पुनले जानकारी दिए। फुटबल प्रतियोगितामा युवा सङ्घमा आबद्ध रहेका कमिटीले सहभागीता जनाएका छन् भने भलिबल खुल्ला हो।
फुटबल र भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने टीमले नगद ५० हजार, ३० हजार, १० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। युवा सङ्घ कास्कीका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा युवा सङ्घ केन्द्रीय सचिव किरण पौडेल र एमाले कास्की सचिव दामोदर बैरागीले बोलेका थिए भने सञ्चालन सचिव डिल्लीराम सुवेदीले गरेका थिए।

Comment