पारा जुडोलाई सहयोग

judo
नेपाल जुडो संघले कीर्तिपुरस्थित लेबोरेटरी उमाविका दृष्टिबिहीनजुडो खेलाडीलाई खेल सामाग्री र पोशाक सहयोग स्वरुप प्रदान गरेको छ ।
म्याट, गी र ट्रयाक्सुट गरी करिब ४ लाख ५० हजार मूल्य बराबरको सामाग्री प्रदान गरिएको नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले लेबोरेटरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. बालगोपाल वैद्यलाई बुधबार हस्तान्तरण गरे ।
लेबोरेटरीमा हाल ५२ जना दृष्टिविहीन जुडो खेलाडी रहेका छन् । उनीहरुलाई महासचिव श्रेष्ठ सहित मोहन सुनुवार र रमेश मगरले प्रशिक्षण दिइरहेका छन् । पारा जुडोमा लेबोरेटरीको पहिलो नेपाली टोली भएको महासचिव श्रेष्ठले जनाएका छन् । श्रेष्ठका अनुसार चाँडै अन्य दुई विद्यालयमा पनि टिम बनाइने छ ।
सोही अवसरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष केदारमान स्थापितले दृष्टिविहीन जुडो टोलीलाई सहयोग स्वरुप ५ हजार नगद र प्राथमिक उपचारका सामाग्री पनि हस्तान्तरण गरेका थिए ।

Comment