कोहलपुरमा आत्मरक्षाको प्रशिक्षण

कोहलपुर नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा तीन दिने आत्मरक्षा प्रशिक्षण भएको छ । ५० जना किशोरीहरूको सहभागिता रहेको सो कार्यक्रममा सेल्फ डिफेन्स प्रशिक्षक राधिका हमाल ऐर तथा सेल्फ डिफेन्स प्रशिक्षक एवं ब्रान्च चिफ सञ्जु महर्जनले प्रशिक्षण दिएका थिए ।
कार्यक्रम नारायण वलीको संयोजनमा भएको थियो । कार्यक्रममा सहभागीहरूलाई नगरप्रमुख लुट बहादुर रावत, उपप्रमुख सञ्जु कुमारी चौधरी,र प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेल लगायतको उपस्थितिमा प्रमाण पत्र प्रदान गरियो ।
Comment