भलिबलमा ल्वाङघलेल सेमिफाइनलमा

पोखरा
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा सम्बन्धित खेल सङ्घहरूको व्यवस्थापनमा पोखरा रड्डशालामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत मड्डलबार भलिबल र बास्केटबलका खेल जारी छन्।
महोत्सवअन्तर्गत भलिबल कोर्टमा जारी थ्री सिस्टर्स गाविस कप–२०७१ अन्तर्गत मड्डलबार पनि छ खेल सम्पन्न भएका छन्। जसअनुसार डिफेण्डिङ च्याम्पियन ल्वाङघलेल गाविस सेमिफाइनलमा प्रवेश गरेको छ भने पार्चे, धम्पुस, सार्दीखोला र घान्द्रुक गाविस क्वाटरफाइनलमा पुगेका छन्।
पहिलो खेलमा लुम्ले गाविसले सिद्ध गाविसलाई सोझो तीन सेटमा हरायो। उसले सिद्धलाई २५–१७, २५–१५ र २५–२० को सेटमा पराजित गर्दै लुम्ले विजयी भएको हो।दोस्रो खेलमा पार्चे गाविसले पुरुन्चौर गाविसलाई सोझो सेटमै पन्छायो।उसले पुरुन्चौरलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१६ ले पाखा लगायो।
तेस्रो खेलमा घान्द्रुक गाविसले सैमराङ गाविसलाई २५–२०, २७–२५ र २५–१५ को सोझो सेटमा हरायो।चौथो खेलमा धम्पुस गाविसले चापाकोट गाविसलाई २५–१७, २५–१५ र २५–१६ ले पराजित ग¥यो। पाँचौं खेलमा सार्दीखोला गाविसले लामाचौर गाविसलाई २५–२१, २५–२३ र २५–१३ को सोझो सेटमा पन्छायो।छैटौं खेलमा डिफेण्डिङ च्याम्पियन ल्वाङघलेल गाविसले पुम्दीभुम्दी गाविसलाई ३–१ को सेटमा पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश ग¥यो। पहिलो सेट २५–२२, दोस्रो सेट २५–१९ ले हात पारे पनि तेस्रो सेट भने २७–२९ ले पुम्दीभुम्दीलाई सुम्पियो। तर चौथो सेटमा सम्हालिएर खेलेपछि २५–१८ ले हात पार्दै पुम्दीभुम्दीको सेमिफाइनल यात्रामा पूर्णविराम लगाइदिएको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए।
यसैबीच लगातारको वर्षापछि खेल अवरुद्ध भएपपछि खेलतालिकामा प्रभाव परेको भन्दै आयोजकले भलिबल प्रतियोगिताको समापन फागुन २१ गर्ने निर्णय गरेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद ६० हजार तथा उपविजेता टीमलाई नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै विधागत क्याटागोरीमा पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा ३२ टीमको सहभागिता रहेको छ।

बास्केटबलमा क्वाटरफाइनलका खेल सम्पन्न
यस्तै कास्की जिल्ला बास्केटबल सङ्घको व्यवस्थापनमा बास्केटबलकोर्टमा जारी अन्तरनगर वडास्तरीय बास्केटबल प्रतियोगिताअन्तर्गत मड्डलबार क्वाटरफाइनलमा खेल सम्पन्न भएका छन्।
पहिलो क्वाटरफाइनल खेलमा बाझापाटन बी ले सावेतलाई ५२–४१ ले हरायो। सो खेलमा बाझापाटन बी का नारायण गुरुङले सर्वाधिक १८ स्कोर गरेका थिए। दोस्रो खेलमा बाझापाटन ए ले एनटीएचएमसीलाई ४५–३२ ले पाखा लगायो। सो खेलमा बाझापाटन ए का सन्तोष गुरुङे सर्वाधिक १२ स्कोर गरेका थिए।
तेस्रो खेलमा पुन युनाइटेड क्लबले ताङतिङ ए लाई ६२–२८ ले पन्छायो। सो खेलमा पुन युनाइटेडका अनिश शाहीले सर्वाधिक २२ स्कोर गरेका थिए। चौथो खेलमा फूलबारी बी ले ताङतिङ बी लाई ७०–४८ ले पराजित ग¥यो। सो खेलमा फूलबारी बी का किरण पुनले सर्वाधिक २५ स्कोर गरेका थिए।
यसअघि भएको प्रिक्वाटरफाइनल खेलमा ताङतिङ बी ले घान्द्रुकलाई ६४–२३ले पराति ग¥यो। सो खेलमा ताङतिङका निलकुमार गुरुङले सर्वाधिक ३४ स्कोर गरेका थिए। अर्को खेलमा फूलबारी बी ले लामाचौरलाई ४६–३१ ले हरायो। सो खेलमा फूलबारी बी का किरण पुनले सर्वाधिक ११ स्कोर गरेका थिए।
बुधबार बिहान आठ बजेदेखि सेमिफाइनल तथा दिउँसो दुई बजे फाइनल खेल हुने कास्की जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नेत्रबहादुर सेनले जानकारी दिए।प्रतियोगितामा १५ टीमको सहभागिता रहेको छ।

Comment