पाराग्लाइडिङको प्रि–वल्र्ड कपअन्तर्गत चौथो दिन आधा टास्क पूरा

पोखरा
पोखरामा पहिलो पटक सञ्चालन भएको पाराग्लाइडिङ खेलकोे प्रि–वल्र्ड कपलाई मौसमले चौथो दिन आधा दिनजसो मात्र साथ दिएको छ। पाराग्लाइडिङ खेलको प्रतिस्पर्धाको लगातार तीन दिन पूर्णरूपमा खराब मौसमका कारण स्थगित भएकोमा चौथो दिनमा भने आधा दिन मात्र टास्क हुन सफल भएको छ।
टास्क कमिटीले बिहानको आकास हेरी चौथो दिनमा ७० किलोमिटर दूरीको क्रसकन्ट्री सीमा निर्धारण गरे पनि बीचमै खराब मौसम पानी पर्न थालेपछि ३० किलोमिटरको टास्क निर्धारण गरिएको टास्क कमिटीले जनाएको छ।
तोरीपानी, मान्द्रेढुंगा, मेथलाङलगायतको क्षेत्रको आकासमा दूरी निर्धारण गरिए पनि खेलको क्रममै एकाएक मौसममा परिवर्तन आएका कारणले गर्दा सबै प्रतियोगीलाई रेडियो सेटमा प्रतिस्पर्धाको दूरी घटाएको जानकारी गराएर चौथो दिनको आधा जसो टास्क पूरा भएको नाका प्राविधिक उपाध्यक्ष रविन गुरुङले बताए। आधा दिनको टाक्स पूरा गर्न फागुन २२ गते पुनः उक्त खेल हुने भएको छ। जुन दूरीबाट प्रतियोगीले टास्क घटाएर चौथो दिन अवतरण गरेका थिए, अर्को दिनमा त्यसपछिको दूरी पार गर्ने भएका हुन्।
उक्त प्रतियोगिताको लागि पाराग्लाइडिङ वल्ड कमिटीले प्रतियोगिताको लागि एक दिन थप गर्न अनुमति दिएको कारण फागुन २२ गतेसम्म टास्कको प्रतिस्पर्धा हुने प्रि–वल्र्डकपका संयोजक एवं नाका उपाध्यक्ष सोवित बानियाँले बताए। चौथो दिनको आदा दिनजसो टास्क भए पनि सबै उडान सफल भएको उनले बताए।
शनिबारदेखि पोखराको आकासमा बादल लागेर आकास खुल्न नसकेपछि आयोजक तथा प्रतियोगी निरास हुँदै बसेका थिए भने मड्डलबार बिहान आकास खुल्दै घाम लागेपछि उनीहरूको मुहारमा खुसी छाएको थियो। पोखरा क्षेत्रमा मड्डलबार बिहान केहीबेर पानी परे पनि दिउँसो केहीबेर घाम लाग्यो भने दिउँसो करिब दुई बजेदेखि पानी परेको थियो।
नेपालसहित ३६ राष्ट्रका एक सय ५० पाराग्लाइडिङका पाइलट सहभागी भएको प्रतियोगितामा एकजना नेपाली महिला सुनिता थापाले सहभागिता जनाएकी छन्। प्रतियोगितामा १८ जना नेपाली पाइलट तथा १६ जना विदेशी पाराग्लाइडिङका पाइलट सहभागी छन्।

Comment