स्लालम क्यानोइ ह्याङजामा

तेश्रो पर्वतीय खेलकुद महोत्सव अन्तर्गत खुला स्लालम क्यानोइ च्याम्पियनसिप मार्च १३ र १४ मा अपर सेती ह्याङजा, पोखरामा हुने भएको छ । च्याम्पियनसिपमा नेपाल ¥याफटिङ तथा क्यानोइङ संघले आयोजना गर्न लागेको हो ।
प्रतियोगिता अघि मार्च १२ मा एसियाली क्यानोइ महासंघको बैठक कमलादीस्थित होटल रोयल सिंगीमा हुने आयोजक संघका अध्यक्ष मनबहादुर न्यौपानेले जनाएका छन् । बैठकको अध्यक्षता महासंघका अध्यक्ष सोकिन नारिताले गर्नेछन् । साथै नारिताले नै च्याम्पियनसिपको उद्घाटनगर्ने कार्यक्रमपनि रहेको छ ।

Comment