महिला राष्ट्रिय तेक्वान्दो शनिबार

नेपाल तेक्वान्दो संघ अन्तर्गतको महिला सशक्तीकरण व्यवस्थापन समितिको आयोजनामा प्रथम राष्ट्रिय महिला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्रप्रहरी बलको एपीएफक्लब र विश्वविद्यालय गरी ९ टिमको सहभागिता रहने आयोजककी अध्यक्ष एवं प्रतियोगिता संयोजक नन्दा बस्यालले जनाएकी छन् ।९० खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
यस अघि प्रतियोगिता माघ २३गतेदेखि हुने भएनिकोमा प्राविधिक कारणले हुन नसकेको अध्यक्ष बस्यालले जानकारी दिइन् ।
दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख खर्च लाग्ने बताइएको छ । खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न माहिलामात्र परिचालन गरिने अध्यक्ष बस्यालले बताइन् ।

Comment