पोखरा महोत्सबमा लामाचौरको जित

पोखरा
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा सम्बन्धित खेल सङ्घहरूको व्यवस्थापनमा पोखरा रड्डशालामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत सोमबार भलिबल र बास्केटबलका खेल जारी छन्।
महोत्सवअन्तर्गत भलिबल कोर्टमा जारी थ्री सिस्टर्स गाविस कप–२०७१ अन्तर्गत सोमबार छ खेल सम्पन्न भएको छ। पहिलो खेलमा लामाचौर गाविसले सल्यान गाविसलाई ३–१ को सेटमा पराजित ग¥यो।पहिलो सेट २५–९ ले जितेको लामाचौरले दोस्रो सेट २३–२५ ले गुमाए पनि त्यसपछिको तेस्रो सेट २६–२४ र चौथो सेट २५–८ ले आफ्नो पक्षमा पार्दै दोस्रो चरणमा प्रवेश ग¥यो। दोस्रो खेलमा सार्दीखोला गाविसले कास्कीकोट गाविसबाट वाकओभर पायो। तेस्रो खेलमा पार्चे गाविसले लाहाचोक गाविसलाई सोझो तीन सेटमा पराजित ग¥यो। उसले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पा¥यो।
चौथो खेलमा ल्वाङघलेल गाविसले दाङसिङ गाविसलाई ३–२ को सेटमा पाखा लगायो।पहिलो सेट २२–२५ र दोस्रो सेट २६–२८ ले गुमाएको दाङसिङले तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै ल्वाङघलेललाई पाँचौं सेटको निम्तो दियो। पाँचौं सेट भने ल्वाङघलेलले १६–१४ ले जित्यो।
पाँचौं खेलमा भदौरे गाविसले सराङकोट गाविसलाई सोझो तीन सेटमा पराजित ग¥यो। भदौरेले पहिलो सेट २५–२१, दोस्रो सेट २७–२५ र तेस्रो सेट २५–२० ले हात पारेको थियो।छैटौं खेलमा पुम्दीभुम्दी गाविसले थुम्की गाविसलाई सोझो सेटमै हरायो।उसले थुम्कीलाई पहिलो सेट २५–१५, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–११ ले हरायो। जीतसँगै ल्वाङघलेल, भदौरे र पुम्दीभुम्दी गाविस क्वाटरफाइनलमा प्रवेश गरेको कास्की जिल्ला भलिबल सङ्घका सचिव कुमार गुरुङले जानकारी दिए,
प्रतियोगितामा विजेता टीमलाई नगद ६० हजार तथा उपविजेता टीमलाई नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै विधागत क्याटागोरीमा पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा ३२ टीमको सहभागिता रहेको छ।
यसैगरी सोमबारदेखि अन्तरनगर वडास्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको छ। पहिलो खेलमा एनटीएचएमटीले काजीपोखरी युथ क्लबलाई ३८–२९ ले पराजित ग¥यो।सो खेलमा एनटीएचएमटीका विष्णु कनवारले सर्वाधिक २० स्कोर गरेका थिए।
दोस्रो खेलमा बाझापाटन ए ले भीमदत्त गण मुस्ताङलाई ६३–३३ ले पाखा लगायो। सो खेलमा बाझापाटन ए का सन्तोष गुरुङले सर्वाधिक २५ स्कोर गरेका थिए। तेस्रो खेलमा बाझापाटन बी ले नदीपुरलाई ४५–४३  ले हरायो। सो खेलमा बाझापाटन बी का विशाल गुरुङले सर्वाधिक २३ स्कोर गरेको कास्की जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नेत्रबहादुर सेनले जानकारी दिए।
फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १५ टीमको सहभागिता रहेको छ।

Comment