भलिबल खेलाडीलाई स्वास्थ्य सामग्री प्रदान

“नेपाल खेलकुद महासङ्घको आहन कोभिड नोभिड ”अभियान अन्तरगत बुधवार न्यु डायमन्ड स्पोर्ट्स एकेडेमी र एपीएफका राष्ट्रिय भलिबल टोलीका खेलाडीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
महासङ्घका महासचिव मेघराज पौडेलको अगुवाइमा भएको कार्यक्रममा नेपाल भलिबल सङ्घकी कोशाध्यक्ष सुन केशरी माली, अन्तर्राष्ट्रिय भलिबल रेफ्रि तथा राखेप बोर्ड सदस्य चन्द्रबदना राई, राष्ट्रिय टोलीका खेलाडी सरस्वती चौधरी,विनीता बुढाथोकी र ललितानाथ लगायतको उपस्थिति थियो । कार्यक्रमको व्यवस्थापनमा प्रमुख भूमिका रहेका महासङ्घका सदस्य निलम बज्राचार्य, सिता सेन,जयन्ती जोशी , अञ्जु श्रेष्ठ र रेस्मा घिमिरेको पनि कार्यक्रममा उपस्थिति थियो ।
Comment