खराब मौसमका कारण पाराग्लाइडिङको सोमबारका खेल पनि स्थगित

पोखरा
पोखरामा पहलोपटक हुन लागेको पाराग्लाइडिङ खेलकोे प्रि–वल्र्ड कपलाई मौसमले साथ नदिँदा आयोजक तथा पाराग्लाइडिङ पाइलटहरूलाई चिन्ता लागेको छ। खराब मौसमका कारण प्रतिस्पर्धाको लगातार तीन दिनसम्म पाराग्लाइडिङका उडान हुन नसक्दा आयोजक तथा सहभागी प्रतियोगीलाई चिन्ता लागेको हो।
प्रतियोगताअन्तर्गत सोमबार पनि खराब मौसमका कारण सम्पूर्ण उडान स्थगित भएका हुन्। शनिबारदेखि पोखराको आकासमा बादल लागेर आकास खुल्न नसकेपछि टाक्स कमिटीले सोमबार बिहान सम्पूर्ण उडान स्थगित भएको जनाएको हो। बिहानैदेखि पानी परेको थियो भने राम्रोसँग आकाश खुलेको छैन। लगातार तीन दिनसम्म पोखरा क्ष्ोत्रमा घाम समेत लाग्न सकेको छैन।
पाराग्लाइडिङ उडान गर्न उपयुक्त वातावरण नभएका कारणले गर्दा लगातार तीन दिन खेल स्थगित भएको प्रि–वल्र्डकपका संयोजक एवं नाका उपाध्यक्ष सोवित बानियाँले बताए। पाराग्लाइडिङ प्रि–वल्र्ड कपमा सहभागी पाइलट तथा दर्शक लगातार खेल स्थगित हुँदा निरास भएका छन्। पोखरामा सुक्रबार पाराग्लाइडिङ खेलकोे प्रि–वल्र्ड कपअन्तर्गत अभ्यास खेल सफलतापूर्वक भएको थियो।  पाराग्लाइडिङ गर्नको लागि नीलो आकास देखिने गरी खुलेको तथा घाम लागेको अवस्थामा उपयुक्त वातावरण भएको बानियाँले जनाए।

Comment