पौडेल इभेन्ट कमिसनमा

नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनका संस्थापक महासचिव मेघराज पौडेल इन्टरनेशनल फेडेरेशन अफ स्पोर्टस क्लाइम्बिङ (आइएफएससी)को इभेन्ट कमिसनको सदस्यमा निर्वाचित भएका छन् । सन् २०२१ मार्चमा बसेको एसियन काउन्सिलको साधारण सभाले पौडेललाई कमिसन सदस्यमा निर्वाचित गरेको हो ।
स्पोर्ट्स क्लाइम्बिङ नेपालमा २०६७ सालदेखि सक्रिय छ । यस खेलले एसियाली खेलकुदमा समेत सहभागिता जनाएको छ । स्पोर्ट्स क्लाइम्बिङलाई जापानमा हुने ओलम्पिकमा समेत समावेश गरिएको छ ।
एसियन काउन्सिलको इभेन्ट कमिसनमा पौडेल निर्वाचित भए पछि नेपालमा यस खेलको दीर्घकालीन विकासमा थप टेवा पुग्ने विश्वास लिएको सचिव ठाकुर न्यौपानेबाट प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
Comment