पोखरामा चौथो वृहत् खेलकुद महोत्सव जारी

Manoj Shiama
28 February, 2015 7:50 pm

पोखरा
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा सम्बन्धित खेल सङ्घहरूको व्यवस्थापनमा पोखरा रड्डशालामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत शनिबार ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ भने थ्रीसिस्टर्स भलिबल कप जारी छ।
कास्की जिल्ला ब्याडमिन्टन सङ्घको व्यवस्थापनमा शनिबार सम्पन्न ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत मेन्स डबल क्लबस्तरीय प्रतियोगिताको उपाधि नरबहादुर गुरुङ र बुद्धिमान गुरुङको जोडीले हात पार्न सफल भएको छ। शनिबार भएको फाइनलमा बीरबहादुर आले र राजेन्द्र गुरुङको जोडीलाई २५–२१, २१–१८ र २३–२१ को सेटमा पराजित गर्दै नरबहादुर गुरुङ र बुद्धिमान गुरुङको जोडीले उपाधि हात पारेको हो। मेन्स डबल क्लबस्तरीय प्रतियोगितामा १६ टीमको सहभागिता रहेको थियो।
यस्तै शनिबार नै सम्पन्न यु–१६ ब्वाइज सिड्डलमा प्रगति बोर्डिङ स्कुलका विधान अधिकारीले पोखरा एकेडेमीका मन्दिस बस्नेतलाई सोझो सेटमा पराजित गर्दै उपाधि कब्जा गरे। फाइनलमा विधानले मन्दिसलाई २१–७ र २१–१० को सेटमा पराजित गरेका थिए। यु–१६ ब्वाइज सिड्डलतर्फ १७ जना खेलाडीको सहभागिता रहेको थियो।
विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि कोरियाको इन्चोनमा सम्पन्न १७ औं एसियाली गेममा सहभागी तथा दशौं साउथ एसियन गेममा कास्यपदक विजेता पोखरेली खेलाडी पुनम गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, निर्माण व्यवसायी सङ्घ पश्चिमाञ्चल अध्यक्ष ओम गौचन, कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष डम्मरसिंह गुरुङ, निवर्तमान अध्यक्ष खेम गुरुङलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।
कास्की जिल्ला ब्याडमिन्टन सङ्घका सङ्घका अध्यक्ष डम्मरसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव निरबहादुर थापाले गरेका थिए।पुरस्कार वितरणमा सहसचिव दुर्गा जोजिजू र सदस्य मनोज श्रेष्ठले सहजीकरण गरेको प्रतियोगिताको संयोजकमा नरबहादुर गुरुङ रहेका थिए।
थ्रीसिस्टर्स गाविस कपमा छ खेल सम्पन्न
महोत्सवअन्तर्गत भलिबल कोर्टमा जारी थ्री सिस्टर्स गाविस कप–२०७१ अन्तर्गत शनिबार छ खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा धम्पुस गाविसले माछापुच्छ«े गाविसलाई ३–१ को सेटमा पराजित ग¥यो। पहिलो सेट २५–१५, दोस्रो सेट २५–१७ ले जितेको धम्पुसले तेस्रो सेट १७–२५ ले माछापुच्छ«ेलाई सुम्पियो तर चौथो सेटमा भने २५–२२ ले हात पार्दै धम्पुसले खेल जित्न सफल भयो। दोस्रो खेलमा सराङकोट गाविसले धिताल गाविसलाई ३–१ को सेटमै हरायो। पहिलो सेट २५–१४ ले पक्षमा पारे पनि सराङकोटले दोस्रो सेट २५–२७ ले गुमायो। त्यसपछि भने तेस्रो सेट २५–१६ र चौथो सेट २५–२० ले सराङकोटले जित्न सफल भयो।
तेस्रो खेलमा थुम्की गाविसले कृस्ती नाच्नेचौर गाविसलाई ३–२ को सेटमा हरायो।पहिलो सेट २५–१९ र दोस्रो सेट २५–३१ ले जिते पनि तेस्रो सेट २४–२६ र चौथो सेट २०–२५ ले लगातार गुमाएपछि पाँचौं सेटको खेलमा थुम्कीले १५–११ ले बाजी मा¥यो।चौथो खेलमा पुम्दीभुम्दी गाविसले मौजा गाविसलाई ३–१ को सेटमा हरायो।पहिलो सेट २६–२४ ले जितेको पुम्दीभुम्दीले दोस्रो सेट २०–२५ ले गुमाए पनि तेस्रो सेट २५–२० र चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भयो।
पाँचौं खेलमा लुम्ले गाविसले आर्वाविजय गाविसलाई सोझो तीन सेटमा पराजित ग¥यो। उसले आर्वाविजयलाई २५–२१, २५–१३ र २५–१७ ले हरायो। छैटौं खेलमा भदौरे गाविसले निर्मलपोखरी गाविसबाट वाकओभर पायो।
आइतबार सैमराङ र भलाम, अर्मला र चापाकोट, ढिकुरपोखरी र सिद्ध, लाहाचोक र पार्चे, सल्यान र लामाचौर तथा कास्कीकोट र सार्दीखोला गाविसबीच खेल हुने कास्की जिल्ला भलिबल सङ्घका सचिव कुमार गुरुङले जानकारी दिए।
प्रतियोगितामा विजेता टीमलाई नगद ६० हजार तथा उपविजेता टीमलाई नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै विधागत क्याटागोरीमा पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ। फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३२ टीमको सहभागिता रहेको छ।
झण्डै एक महिनासम्म सञ्चालन हुने थ्रीसिस्टर अन्तर गाविसस्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिता, क्लबस्तरीय फुटबल, नगर वडास्तरीय बास्केटबल, खुल्ला टेबलटेनिस, सिनियर तथा जुनियर कराँते, तेक्वान्दो, उसु, केन्पोकाई कराँते, फुलकन्ट्याक कराँते, शारीरिक सुगठन, साइकिलिङ ¥यालीसहितको प्रतियोगिता, पाँच किलोमिटर जुनियरतर्फको दौड, जिल्लास्तरीय आर्चरी, विद्यालयस्तरीय ह्याण्डबल र अन्तरक्लब तथा यु–१६ को ब्याडमिन्टन प्रतियोगिता गरी १५ वटा खेलको लागि महोत्सवमा तीन हजार जना खेलाडी तथा सात सय ५० जना अफिसियल सहभागी हुनछन्।
सितोरियो कराँते प्रतियोगिता सम्पन्न, हिमाली बालकल्याण डोजो च्याम्पियन
कास्की जिल्ला कराँते सङ्घको व्यवस्थापनमा सञ्चालित सितोरियो कराँते प्रतियोगिता शनिबार सम्पन्न भएको छ।जसअनुसार वृहत् खेलकुद महोत्सवअन्तर्गत कराँतेमा पाँच स्वर्ण, पाँच रजत र ११ कास्य पदकसहित हिमाली बालकल्याण डोजो प्रथम, दुई स्वर्ण, तीन रजत र छ कास्य पदकसहित लामाचौर डोजो द्वितीय र एक स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित रंगशालामा डोजो तृतीय भएको छ।
यस्तै राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत तीन स्वर्ण, दुई रजत र एक कास्य पदकसहित हिमाली बालकल्याण डोजो प्रथम, दुई स्वर्ण, तीन रजत र आठ कास्य पदकसहित सैनिक डोजो द्वितीय र एक स्वर्ण, दुई रजत तथा एक कास्य पदकसहित अल्फा बोर्डिङ स्कुल तृतीय भएको कास्की जिल्ला कराँते सङ्घका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए। वृहत् खेलकुद महोत्सवअन्तर्गत महिला ४०, ४५, ५० र एकल काता तथा राष्ट्रपति रनिङशिल्डअन्तर्गत पुरुष ४५, ४७, ५२ र एकल काता समावेश गरिएको थियो।
शनिबार भएको महिला ४० केजीमुनि हिमाली बालकल्याण डोजोकी सीता खनाल प्रथम, अल्फा बोर्डिङ स्कुलकी मधु जैसवाल द्वितीय तथा हिमाली बालकल्याणका उर्मिला शाही र अनिशा नेपाली तृतीय भए।४५ केजीमुनि हिमाली बालकल्याणकी मंगला बुढामगर प्रथम, समता स्कुलकी मेनुका तामाङ द्वितीय तथा राइजिङस्टार बोर्डिङकी सरिता थापा र लेकसाइड डोजोका ओमकुमारी गुरुङ तृतीय भए। ५० केजीमुनि अल्फाका अञ्जु श्रेष्ठ प्रथम, हिमाली बालकल्याणकापवित्रा विक द्वितीय तथा बालकल्याण बोर्डिङका रेजिना गुरुङ र हिमाली बालकल्याणका सपना शाही तृतीय भए।
पुरुष ४५ केजीमुनि सैनिक डोजोका सुजन श्रेष्ठ प्रथम, सोसल पब्लिक स्कुलका राहुल जिसी द्वितीय तथा भाष्कर मेमोरियल स्कुलका चेतबहादुर अधिकारी र राइजिङस्टार स्कुलका रामचन्द्र रुचाल तृतीय भए।४७ केजीमुनि हिमाली बालकल्याणका सुरज ढुंगाना प्रथम, सैनिकका अमित थापा द्वितीय तथा सैनिककै अभिषेक बानियाँ र सवलाइम बोर्डिङ स्कुलका रोशन केसी तृतीय भए।५२ केजीमुनि रिभरडेल स्कुलका कृष्ण केसी प्रथम, स्टेप बाई स्टेप उमाविका प्रकाश खड्का द्वितीय तथा सिद्धबराह माविका रोशन भुजेल र हिमाली बालकल्याण डोजोका सुजन जिटी तृतीय भएका छन्।
यस्तै महिला ३० केजीमुनि हिमाली बालकल्याणका आशा आले प्रथम, रंगशाला डोजोका मेनुका परियार द्वितीय तथा फूलबारी डोजोका अरुणा विक र समता स्कुलका मेनुका तामाङ तृतीय भए। ३५ केजीमुनि हिमाली बालकल्याण डोजोका झरना सुनार प्रथम, उर्मिला नेपाली द्वितीय तथा विनिता अधिकारी र विनिता रानामगर तृतीय भए।५५ केजीमुनि हिमाली बालकल्याणका रेखा विष्ट प्रथम, सम्झना शाही द्वितीय तथा सैनिकका मिनरुवि राना र फूलबारी डोजोका पुनम विक तृतीय भए।
पुरुष ३० केजीमुनि हिमाली बालकल्याणकाबलराम अधिकारी प्रथम, सैनिकका अमित थापा द्वितीय तथा लेकसाइडका किरण गुरुङ र सैनिकका आदर्श विक्रम शाह तृतीय भए।३५ केजीमुनि लामाचौरका सुरेन्द्र पुन प्रथम, सैनिकका सुदर्शन विक्रम शाह द्वितीय तथा सैनिकका सुदीप खनाल र हिमाली बालकल्याणका मनिष अधिकारी तृतीय भए।५५ केजीमुनि लामाचौरका सन्तोष थापामगर प्रथम, सैनिकका अभिनव कुमाल द्वितीय तथा हिमाली बालकल्याणका धीरज गन्धर्व र मालेपाटनका मोहन गुरुङ तृतीय भए।६० केजीमुनि रंगशाला डोजोका दीपेन्द्र मगर प्रथम, हिमाली बालकल्याणका दिवस पुन द्वितीय तथा फूलबारी डोजोका प्रभात पुन र रंगशालाका सुमित मगर तृतीय भए।
विजेता तथा उपविजेता खेलाडीलाई सैनिक आवासीय महाविद्यालयका जनसम्पर्क अधिकृत शमशेरबहादुर सिंह, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, थ्रीसिस्टर फाउण्डेशनका विक्की क्षेत्री र कास्की जिल्ला कराँते सङ्घका अध्यक्ष सुरेन्द्र गुरुङलगायतले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
महिलातर्फ ६४ र पुरुषतर्फ एक सय ५६ गरी दुई सय २० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ नौ तथा महिलातर्फ सात इभेन्टमा खेल खेलाइएको थियो।