बक्सिङ टोली पोल्यान्ड प्रस्थान

आइबा यूथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ महिला खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शुक्रवार पोल्यान्डको किल्सी प्रस्थान गरेको छ ।
अप्रिल १३ देखि २३ तारिखसम्म हुने प्रतियोगिताको ४८ केजीमा सुस्मा तामाङ तथा ५४ केजीमा सुमिना खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल बक्सिङ सङ्घका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । प्रशिक्षकमा आइबा थ्री स्टार प्रशिक्षक ओमकुमार मास्के रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी लगायतले शुक्रवारै एक कार्यक्रमबिच बिदाइ गरे ।
Comment