एपिएफ र हेल्प नेपाल शीर्ष स्थानमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौँ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ शीर्ष स्थानमा रहन सफल भएका छन् ।
एपिएफले ३ मा तीनै खेल जित्दै ९ अङ्कका साथ शीर्ष स्थानमा रहन सफल भएको हो । यस्तै हेल्प नेपालले पनि ३ खेलमा तीनै खेल जित्दै एपिएफसँग समान अङ्कका साथ शीर्ष स्थानमा रहन सफल भएको हो । ७ क्लबको सहभागिता रहेको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी र पुलिसको  ३ खेलमा ६ अङ्क तथा बुलबुले रारा क्लब ४ खेलमा ६ अङ्क प्राप्त गरेका छन् । नयाँ बजार समाज युवा क्लब ३ खेलमा र मणि मुकुन्द क्लब ४ खेलमा शून्य अङ्कका साथ पुछारमा रहेका छन् ।
राष्ट्रिय वाणिज्य बैङ्कको प्रायोजन तथा नेपाल भलिबल सङ्घको आयोजनमा भएको प्रतियोगितामा महिला तर्फ सेनाको त्रिभुवन आर्मी क्लब र पुलिस ३ खेलमा तीनै खेल जित्दै समान ८–८ अङ्कका साथ शीर्ष स्थानमा रहेका छन् ।  आर्मीले ह्वाङ्गजी न्यु डायमन्ड सँग र पुलिसले एपिएफ सँग ५ सेट खेल्दै जित हात पारेका कारण अङ्क बाँड्न बाध्य भएका थिए । यस्तै न्यु डायमन्डको ३ खेलबाट ७ अङ्क रहेको छ भने एपिएफको २ खेलबाट ४ अङ्क भएको छ । भरतपुर मेट्रोको ३ खेल र ढोरपाटन स्पोर्टस् क्लब ४ खेलमा ० अङ्कमा रहेका छन् ।
शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
आज भएको महिला तर्फको खेलमा पुलिस र सेनाले जित हात पा¥यो । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–९, २५–५, २५–५ र सेनाले भरतपुर मेट्रो क्लबलाई २५–९, २५–८, २५–१३ ले पराजित गरेको हो । यस्तै पुरुष तर्फको प्रतिस्पर्धामा पुलिसले मणि मुकुन्द भलिबल क्लबलाई २५–१८, २५–१९, २५–११ ले पराजित ग¥यो । तीन भारतीय खेलाडी सहितको टिपटप हेल्प नेपालले तीन पाकिस्तानी खेलाडीले सज्जित बुलबुले रारालाई २१–२५, २५–१८, २६–२४ र २५–२१ को सेटमा पराजित गर्दै ९ अङ्कका साथ शीर्ष स्थानमा रहन सफल भएको हो ।
Comment