महिला क्रिकेट टिमलाई लोकतान्त्रिकको सम्मान

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशले महिला क्रिकेट टिम डिएससी काठमाडौँ लाई सम्मान गरेको छ । द अरनिको ट्रफी २०२१ मा विजयी भएर फर्किएको डिएसी महिला टिमलाई नगद ३० हजार सहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।
नारायण गोपाल चोकस्थित हेडलाइन क्याफेमा आयोजित सम्मान कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं काठमाडौँ क्षेत्र नं। ४ का प्रतिनिधि सभा सांसद गगन कुमार थापाले डिएससी महिला टोली तथा प्रशिक्षकलाई नगद सहित प्रशंसा पत्र प्रदान गरे ।
टोलीलाई सम्मान गर्दै पूर्व मन्त्री थापाले सम्मान गरेकोमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई धन्यवाद प्रदान गर्दै यस्ता कार्यक्रमले खेलाडीहरूको हौसला अभिवृद्धि गर्न मद्दत पुग्ने र प्रतियोगिताले खेलाडीहरूको स्तर वृद्धिमा सघाउ पुग्ने बताए । उनले टोलीलाई आगामी दिनमा पनि सफलता प्राप्तका लागि शुभकामना प्रदान गर्दै पुनः खेलाडीहरूलाई सम्मान गर्न पाउनेमा विश्वस्त रहेको बताए ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश संयोजक तथा केन्द्रीय सदस्य दीपक गुरुङले नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ खेलाडीहरूको अभिभावकको रूपमा रहेको भन्दै आगामी दिनमा खेलाडीहरूको हक हितका लागि सदा लागि पर्ने र खेलाडीहरूले आफूलाई कहिल्यै टुहुरो सम्झनु नपर्ने बताए ।
महिला क्रिकेट खेलाडीहरूको स्तरोन्नति र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फागुन ६, ७ र ८ गते पोखरामा डिएससी र गण्डकी प्रदेशबिच ५० ओभरको तीन एक दिवसीय मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । जसमा डिएससी तीनै प्रतिस्पर्धामा विजयी भएको टोली प्रशिक्षक रविन जोशीले जानकारी गराए ।
प्रतिस्पर्धामा जाने बेला खेलाडीहरूलाई बिदाइ गर्दै नेपाल लोकतान्त्रिक खेलकुद बागमती प्रदेशका संयोजक दीपक गुरुङले टोलीलाई विजयी भएर फर्केको अवस्थामा हौसला स्वरूप नगद ३० हजारले सम्मान गर्ने जुन घोषणा गरेका थिए त्यसै घोषण अनुरूप टोलीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सचिव मनिष जोशी , सदस्य कुमार बस्नेत, राजु विक्रम थापा, दोलखा क्षेत्र नं। १ का उपसभापति राजन अधिकारी, बागमती प्रदेशका सचिव दामोदर भट्टराई ९बद्री०, कोषाध्यक्ष कविराज नेगी लगायतको उपस्थिति रहेको थियो ।
Comment