एपीएफलाई महिलातर्फको उपाधि, पुलिस र एपीएफ पुरुषतर्फको फाइनलमा

apf with title
प्रेमनारायण न्यौपाने
पोखरा
सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पोखरामा जारी चौथो महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ। पश्चिमाञ्चल क्षेत्रीय भलिबलको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वावधानमा मड्डलबार पोखरा रड्डशालाको भलिबल कोर्टमा भएको फाइनल खेलमा निमा श्रेष्ठको कप्तानीमा रहेको एपीएफले रमिला तण्डुकारको कप्तानीमा रहेको न्यु डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो।जीतसँगै एपीएफले नगद ५० हजार पाँच सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने उपविजेतामा सीमित न्यु डायमण्ड एकेडेमी नगद ३० हजार तीन सय ३३ रुपैयाँमा चित्त बुझायो। तेस्रो स्थान प्राप्त गरेको पश्चिमाञ्चलले नगद २० हजार दुई सय २२ रुपैयाँ प्राप्त ग¥यो।
यो वर्षमात्रै छैटौं सहभागितामा एपीएफको यो लगातार पाँचौं जीत हो।उसले एनभीए कप, बुटवलमा सम्पन्न १९ औं राष्ट्रिय महिला भलिबल, अईजीपी कप, ढोरपाटन कपको उपाधि जितेको थियो।पोखराको लामाचौरमा गत भदौमा भएको राष्ट्रिय भलिबलमा फाइनलमा पुगेर न्यु डायमण्डसँग पराजित भएको थियो।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट भने २२–२५ ले न्यु डायमण्ड एकेडेमीलाई सुम्पियो। खेलमा फर्किने संकेत देखाएको न्यु डायमण्ड तीव्र प्रतिस्पर्धाकाबीच तेस्रो सेट २६–२८ ले एपीएफलाई बुझायो। बेस्ट अफ फाइभमा पुग्न न्यु डायमण्डले चौथो सेट २०–२५ ले गुमायो र अन्ततः उपाधिबाट विमुख बन्यो। ढोरपाटन कपमा डबल लिगमा दुवै खेल बेस्ट अफ फाइभमा खेलेर हारेको न्यु डायमण्डले पोखराको फाइनलमा सोचेजस्तो प्रदर्शन देखाउन सकेन।
प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी बेस्ट प्लयेर घोषित हुँदै मुफ्रो इन्टरनेशनल प्रालिद्वारा प्रयोजित नगद पाँच हजार पुरस्कार प्राप्त गरिन्। यस्तै न्यु डायमण्डकी कृपा अधिकारी बेस्ट सर्भर, एपीएफकी विनिता बुढाथोकी बेस्ट सेटर, न्यु डायमण्डकी सलिा श्रेष्ठ बेस्ट लिब्रो, न्यु डायमण्डकै प्रतिभा माली बेस्ट स्पाइकर, पश्चिमाञ्चलकी पवित्रा विसी बेस्ट ब्लकर घोषित भए। उनीहरू सबैले ट्रफी हात पारे।
एपपीएफको प्रदर्शनमा सरस्वतीको १६ स्पाइक, पाँचवटा ब्लक, नेविका चौधरीले १६ स्पाइक, कप्तान निमा श्रेष्ठको १३ स्पाइक, रेश्मा भण्डारीको आठ स्पाइक, एक ब्लक र एक सर्भिस, उषा विष्टको चार स्पाइक र चार ब्लक महŒवपूर्ण रह्यो। यस्तै न्यु डायमण्डको प्रदर्शनमा प्रतिभा मालीको सर्वाधिक २१ स्पाइक, कप्तान रमिला तण्डुकारको छ सर्भिसँगै १६ स्पाइक, मनिषा तामाङको सात स्पाइक, एक सर्भिस तथा कृपा अधिकारीको तीन सर्भिस महŒवपूर्ण रह्यो।
हारपछि न्यु डायमण्ड एकेडेमीका प्रशिक्षक कुमार राईले सेकेण्ड स्पाइकर प्रतिमा मालीको कमजोर प्रदर्शन नै टीमको हारको मुख्य कारण भएको प्रतिक्रिया दिए।उनको भनाइ थियो–‘डिफेन्स पनि राम्रो थियो, लिडिङ गरेको बलमा प्रतिभाले दुई–चार पोइन्ट किल गर्दा हामी हा¥यौं, आजको हारले प्रतिभालाई अझै राम्रो ट्रेनिङ दिनुपर्ने देखिएको छ।’ उनले टीममा क्वीक चल्न नसक्नु, विपक्षीको ब्लक गर्ने खेलाडी आफूसँग नहुनु पनि हारको अर्को कारण बन्न पुगेको बताए।प्रशिक्षक राईले आफ्नो टीममा म्याचुरिटीको पनि अभाव देखिएको बताए।
जीतसँगै खुसी देखिएका एपीएफका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले लिडिङ पोइन्टलाई कन्भर्ट गरेर गेम खेल्नु नै जीतको मुख्य कारण भएको प्रतिक्रिया दिए। उनको भनाइ थियो–‘लास्ट सेटमा ब्लक र स्पाइक दुवै चलेकोले अपोनेन्टको लिडिङ पोइन्टलाई कभर्ट गर्न सफल भयौं।’ खेलाडीमा क्वालिटी भए पनि डर रहेको भन्दै खेलाडी नर्भस भएकोले नै सेकेण्ड सेट गुमाएको बताए।
विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, नेपाल भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङ, सशस्त्रका डीआईजी जानकीराज भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए।सो अवसरमा नेपाल भलिबल सङ्घका कोषाध्यक्ष निरोज मास्केले न्यु डायमण्डकी प्रतिभा मालीलाई प्रोत्साहनस्वरुप नगद १० हजार तथा पश्चिमाञ्चल टीमलाई नगद १५ हजार प्रदान गरेकी थिइन्।
यस्तै तेस्रो स्थानको लागि भएको खेलमा पश्चिमाञ्चललले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित ग¥यो। पहिलो सेट २५–२३ ले जितेको पश्चिमाञ्चल दोस्रो सेट १३–२५ र तेस्रो सेट २०–२५ ले गुमाएपछि थप दबाबमा आयो तर चौथो सेट २५–१९ ले जित्दै पुलिसलाई पाँचौं सेटको निम्तो दियो। पाँचौं सेटमा पश्चिमाञ्चलले उत्कृष्ट पुनरागमन गर्दै १५–१३ ले पुलिसलाई हराउँदै तेस्रो स्थान सुरक्षित गर्न सफल भयो। सो खेलमा पश्चिमाञ्चलकी परीक्षा गुरुङ वुमन अफ दी म्याच घोषित भइन्।
पुरुषतर्फको खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन्। मड्डलबार भएको पहिलो सेमिफाइनलमा खेलमा पश्चिमाञ्चललाई सोझो तीन सेटमा पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो। डाइमनबहादुर बस्नेत म्यान अफ दी म्याच घोषित सो खेलमा पश्चिमाञ्चल २५–१८, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित भएको थियो। दोस्रो र तेस्रो सेटमा लिडिङ गर्न सफल भए पनि पश्चिमाञ्चलले त्यसलाई जोगाउन सकेन। २०–२२ ले पछि परेको एपीएफले पश्चिमाञ्चललाई त्यसैमा रोकेर दोस्रो तथा २१–२२ ले पछि परेको उसले पश्चिमाञ्चललाई त्यत्तिमै रोकेर तेस्रो सेटमा पनि हात पारेको थियो।
दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलमा एपीएफसँगको भेट पक्का ग¥यो।उसले आर्मीलाई पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ ले पराजित गरे पनि तेस्रो सेट भने २०–२५ ले आर्मीलाई सुम्पियो। तर चौथो सेटमा पुलिसले प्रदर्शनमा सुधार गर्दै २६–२४ ले जित्यो।गत हप्ता मात्र चितवनमा सम्पन्न राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा आर्मीले पुलिसलाई सोझो तीन सेटमा पराजित गरेको थियो।
हारपछि आर्मीका प्रशिक्षक विजयकृष्ण बादेले सबै खेलाडी परीक्षणा रहेकाले पनि पुलिसजस्तो अनुभवी टीमसँग पराजित भएको प्रतिक्रिया दिए।जीतपछि पुिलिसका प्रशिक्षक सुदेश रिमालले पुराना खेलाडीमै भर पर्नुपरेको हुँदा पुलिसको जीत सहज बन्न नसकेको बताए। उनले भने–‘हामीसँग सात जना अनुभवी खेलाडी छन्, अरु सबै नयाँ छन्।यदि एक जना घाइते भयो भने नयाँ खेलाडीले चलाउनुपर्ने हुन्छ।’ उनले विपक्षीबाट पावर स्पाइक रिटर्न गर्नु नसक्नु र आफ्नो टीमको ब्लक राम्रो हुनु नै जीतमा आधार भएको बताए।  फाइनलमा एपीएफसँगको भिडन्तमा जसले कम्बिनेशन र ब्लक गर्छ त्यसैको हात माथि रहने बताए। सो खेलमा पुलिसका सञ्जय अर्याल म्यान अफ दी म्याच घोषित भए।एपीएफ र पुलिसबीच फाइनल खेल बुधबार दिउँसो एक बजे हुनेछ। यस्तै तेस्रो स्थानको लागि पश्चिमाञ्चल र आर्मीबीच साढे ११ बजे खेल हुने पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका सचिव डीबी नेपालीले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुनेलाई जनही नगद ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।यस्तै बेस्ट प्लयेर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्स, बेस्ट क्वीकरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ। तस्विर सौजन्य  ः उमेश पुन

Comment