महिला तर्फको उपाधि भिडन्त न्यू डायमण्ड र एपीएफ विचमा

ramila tan
प्रेमनारायण न्यौपाने
पोखरा
पुरानो प्रतिस्पर्धी पश्चिमाचललाई हराउँदै न्यु डायमण्ड एकेडेमी काठमाडौं पोखरामा जारी चौथो महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा  पुगेको छ।
सोमबार पोखरा रड्डशालाको भलिबल कोर्टमा भएको अन्तिम सेमिफाइनलमा मञ्जु गुरुङको कप्तानीमा मैदानमा उत्रिएको पश्चिमाञ्चललाई रमिला तण्डुकारको कप्तानीमा मैदानमा उत्रिएको न्यु डायमण्ड एकेडेमीले ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो।उसले मड्डलबार एपीएफसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ।न्यु डायमण्डको जीतमा कप्तान रमिला तण्डुकार र लिब्रो सलिना श्रेष्ठको महŒवपूर्ण योगदान रह्यो।अघिल्लोे खेलमा चल्न नसकेको खेलाडी सोमबारको खेलमा भने उत्कृष्ट फर्ममा देखिन्थे। विपक्षीका हरेक प्रहारलाई न्यु डायमण्डका खेलाडीले विफल पारेका थिए।न्यू डायमण्डको जीतमा दर्शक पनि कारण बन्न पुगे। दर्शकले आइतबार र सोमबार दुवै दिन न्यु डायमण्डकै समर्थनमा हुटिङ गरेका थिए।
पहिलो सेट २५–१७ ले जित्दा न्यु डायमण्डले मनिषा तामाङको नियमित सर्भिसमा सर्वाधिक छ अड्ढ जोडेको थियो।दोस्रो सेटमा भने न्यु डायमण्डको स्पाइकर र डिफेन्सले लय गुमाए पछि २५–१७ ले पश्चिमाञ्चलले आफ्नो पक्षमा पा¥यो।दोस्रो सेटमा कप्तान मञ्जु गुरुङ र पवित्रा विसीको सर्भिसमा पश्चिमाञ्चलले सर्वाधिक आठ अड्ढ जोडेको थियो।पश्चिमाञ्चलविरुद्धको तेस्रो सेट न्यु डायमण्डले सजिलै खोस्न सफल भयो। सेकेण्ड स्पाइकर प्रतिभा मालीको सर्भिसमा सर्वाधिक सात अड्ढ जोडेको उसले पश्चिमाञ्चललाई २५–१४ ले हरायो। रमिला तण्डुकार, प्रतिभा माली, सलिना श्रेष्ठको उत्कृष्ट प्रदर्शनका कारण पश्चिमाञ्चलले चौथो सेट १९–२५ ले गुमाउँदै नतिजा न्यु डायमण्डलाई सुम्पिन बाध्य भयो।चौथो सेटमा रमिला तण्डुकारको सर्भिसमा टीमले सर्वाधिक चार अड्ढ जोडेको थियो।
सोमबार पश्चिमाञ्चलले अघिल्लो खेलको प्रदर्शन दोहो¥याउन सकेन। अघिल्लो दिन पहिलो सेट जितेर न्यु डायमण्डलाई दबाबमा पारेको उसको लागि कप्तान मञ्जु गुरुङ, परीक्षा गुरुङले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा पहिलो सेट गुमाउँदै थप दबाबमा परेको थियो।पश्चिमाञ्चलको टीमबाट खेलेका टप्स उमाविका मनिषा चौधरी र शशी चौधरी आइतबार र सोमबारको खेलमा देखा परेनन्। दुवै दिनको खेलमा पवित्रा विसीबाहेक अधिकांश खेलाडी ज्ञानुबाबा स्कुलमा अध्ययन गरेका थिए।
पश्चिमाञ्चलको बेन्चमा एकजना मात्र खेलाडी देखिन्थ्यो। न्यु डायमण्डसँगको पहिलो खेलमा  प्रशिक्षक बनेकी ऋषिसरा थापा दोस्रो र तेस्रो दिनमा देखिइनन्। उनले प्रशिक्षक भएर आफ्नो दायित्व पूरा गर्न नपाएकोले अपमानित हुनुभन्दा नबस्नु नै उचित ठानेर नबसेको बताइन्। उनले मनिषा र शशीलाई मैदानमा छिराएपछि खेलाडीले पास नदिने, रिसाउने र दर्शकको इशारामा खेल्न खोजेका कारण अप्ठ्यारो महसुस गरेर विद्यालयले खेलाडी नपठाएको हुन सक्ने बताइन्। आयोजक भने ‘समथिङ इज रङ’ भन्दै विस्तृत जानकारी दिनबाट तर्किए। पश्चिमाञ्चल क्षेत्रमा कौशिला खत्री र बलराम क्षत्री गरी दुई जना प्रशिक्षक हुँदाहुँदै पनि महिला र पुरुष टीममा आधिकारिक प्रशिक्षक छैनन्।
हारपछि पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङले मेहनत गर्दा पनि जित्न नसकेको प्रतिक्रिया दिइन्। उनले थकानका कारण पहिलो सेट गुमाउनु पनि हारको कारण भएको बताइन्। उनले न्यु डायमण्डका खेलाडीले राम्रो प्रदर्शन गरेको बताइन्।अघिल्लो दिन उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि जीत हात पार्न नसकेको उनले बताइन्। आइतबार पश्चिमाञ्चलले न्यु डायमण्डसँग दुई–दुई सेटको बराबरी खेल्दै खराब प्रकाशका कारण खेल स्थगित भएको थियो। सोमबार पश्चिमाञ्चलका खेलाडीमा अघिल्लो दिनको थकान प्रष्टै देखिन्थ्यो।
जीतपछि न्यु डायमण्ड एकेडेमीका प्रशिक्षक कुमार राईले सबै खेलाडीले राम्रो प्रदर्शन गरेकोले जीत हात लागेको बताए। उनको भनाइ थियो–‘आज रमिला र सलिनाले उत्कृष्ट प्रदर्शन गरे, रमिला पुरानै लयमा फर्किएर गेम देखाइन्् भने सलिनाले विपक्षीका स्पाइकलाई ज्यान दिएर डिफेन्स गरिन्।’ उनले पोखरेली दर्शकको अपार मायाका कारण पनि खेल जित्न सफल भएको बताए। प्रशिक्षक राईको भनाइ थियो–‘दर्शकको मायाको कारण पनि हामीले खेल जित्नु आवश्यक थियो।’ खेलाडीले यस्तै खेले  फाइनलमा एपीएफविरुद्ध जीत हात पार्न गाह्रो नहुने उनको भनाइ थियो। सो खेलमा न्यु डायमण्डका लिब्रो सलिना श्रेष्ठ वुमन अफ दी म्याच घोषित भइन्।
हारसँगै सेमिफाइनलबाट बाहिरिएको पश्चिमाञ्चलले मड्डलबार बिहान नेपाल पुलिस क्लबसँग तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ।पुलिसले एक दिन राम्रो आराम पाएको छ भने पश्चिमाञ्चल त्यसबाट बञ्चित भएको छ।

न्यु डायमण्ड र पश्चिमाञ्चलको खेल हेरेका एपीएफका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले फाइनल खेल राम्रो हुने दाबी गरे। उनले भने–‘खेल राम्रो हुन्छ, न्यु डायमण्डलाई हामी जित्न सक्छौं।’
पश्चिमाञ्चल क्षेत्रीय भलिबलको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वावधानमा सोमबार भएको पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चलविरुद्ध ३–२ सेटको कठिन जीत हात पार्दै समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनायो। अब उसले मड्डलबार समूहबी को उपविजेता आर्मीसँग तथा पश्चिमाञ्चलले समूह बीकै विजेता एपीएफसँग फाइनलको लागि प्रतिस्पर्धा गर्ने प्राविधिक संयोजक टहलसिंह थापामगरले जानकारी दिए। सञ्जु शाहीको सर्भिसमा तीन अड्ढसँगै पहिलो सेट २५–२२ ले पक्षमा पारेको पश्चिमाञ्चल दोस्रो सेटमा भने १७–२५ मा चुक्यो।
दोस्रो सेटमा शमशेर चन्दको सर्भिसमा पुलिसले चार अड्ढ जोडेको थियो। तेस्रो सेट २६–२४ ले पुनः कब्जा गरेको उसले चौथो सेट १८–२५ ले पुलिसलाई सुम्पियो र पाँचौं सेट खेल्न बाध्य बन्यो। तेस्रो सेटमा पश्चिमाञ्चलले लोकेन्द्र भण्डारीको सर्भिसमा चार अड्ढ तथा चौथो सेटमा ध्रुव पौडेलको सर्भिसमा पुलिसले चार अड्ढ जोडेको थियो।पाँचौं सेटमा मैदान परिवर्तन हुनुअघि ७–३ ले अगाडि रहेको पश्चिमाञ्चल सञ्जु शाहीले लगातार गल्तीपछि अड्ढ गुमाउँदै पु्ुलिसको दबाबमा प¥यो र त्यसपछि पश्चिमाञ्चलले जम्मा पाँच अड्ढ थप्दा ध्रुव पौडेलकै चार सर्भिसमा पुलिसले १२ अड्ढ जोड्दै जीतको हकदार बन्यो। सो खेलमा पुलिसका सञ्जय अर्याल म्यान अफ दी म्याच घोषित भए।
यसअघि समूह ए कै अर्थहीन खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–२३, २५–११ र २५–१४ को सोझो तीन सेटमा पराजित गर्दै लिगचरणको सुखद् अन्त्य ग¥यो। सो खेलमा मध्यमाञ्चलका राजेन्द्र शर्मा म्याच अफ दी म्याच घोषित भए।
दुवै इभेन्टमा प्रथम हुनेलाई जनही नगद ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।यस्तै बेस्ट प्लयेर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्स, बेस्ट क्वीकरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ। तस्विर सौजन्य ः उमेश पुन

Comment