महिला क्रिकेट टोलीलाई लोकतान्त्रिक खेलकुदको बिदाइ

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले बाग्मती प्रदेश महिला क्रिकेट टोलीलाई बुधवार शुभकामना सहित बिदाइ गरेको छ ।
पोखरामा ६, ७ र ८ गते हुने ‘द अरनिको ट्रफी’ सिरिज अन्तरगतको होम एन्ड अबे प्रतियोगितामा प्रतिस्पर्धा गर्न बाग्मती प्रदेश महिला क्रिकेट टोली आजै त्यस तर्फ प्रस्थान गरेको हो । सिरिजमा गण्डकी प्रदेश र बाग्मती प्रदेशबिच ५० ओभरको ६ एक दिवसीय प्रतियोगिता हुने छ । जसमा एक महिना भित्र ३ एक दिवसीय खेल पोखरा र ३ एक दिवसीय खेल काठमाडौँमा हुनेछ ।
महाराजगन्जस्थित हेडलाइन क्याफेमा भएको कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ का सभापति, पूर्व काँग्रेस खेलकुद विभाग सदस्य एवं अन्तर्राष्ट्रिय कराँते खेलाडी राजु श्रेष्ठले टोलीलाई नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापना गरिएको गजराज जोशी फाउण्डेशनद्वारा प्रदान गरिएको खेल पोसाक र नगद २० हजार र शुभकामना सहित बिदाइ गरे । जसमा प्रमुख अतिथि राजु श्रेष्ठले १० हजार र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सचिव एवं गजराज जोशी फाउन्डेसनका अध्यक्ष मनिष राज जोशीले दस हजार गरी २० हजार रहेको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका सचिव एवं गजराज जोशी फाउन्डेसनका अध्यक्ष मनिष राज जोशी ९राम०को अध्यक्षतामा भएको कार्यक्रममा खेलाडीहरूलाई बिदाइ गर्दै प्रमुख अतिथि राजु श्रेष्ठले खेलाडीहरूलाई उच्च मनोबलका साथ खेल खेल्दै विजय भएर फर्कन शुभकामना प्रदान गरे । उनले खेलाडीहरूलाई खेलाडीहरू एक्लो नभई बाग्मती प्रदेश नै खेलाडीहरूको साथमा रहने भन्दै विजयी खेलाडीहरूको स्वागतमा तयार रहेको बताए । उनले सिरिजमा विजय भएको खण्डमा खेलाडीहरूलाई डिनरको व्यवस्था गर्ने र बाग्मती प्रदेश सङ्घका संयोजक एवं नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सदस्य दीपक गुरुङले घोषणा गरेको ३० हजारको रकममा थप २० हजार सहित ५० हजार प्रदान गरिने बताए ।
कार्यक्रमका सभापति मनिष जोशीले खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउन र खेलाडीको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यले अगाडी बढ्न सुझाव दिए । उनले खेलाडीहरूमा सबै भन्दा पहिले खेलाडी बन्ने र खेलमा समर्पित हुने चाहना हुनु अत्यन्त महत्त्वपूर्ण रहेको र त्यसले मात्र खेलाडीहरूको मनोबल उच्च हुनुका साथै विजय हुन मद्दत पुग्ने बताए ।
बाग्मती प्रदेशका संयोजक दीपक गुरुङले खेलाडीहरूलाई पोखरामा एक्लो महसुस नगर्न सुझाव दिँदै नेपाल लोकतान्त्रिक सङ्घ सदा खेलाडीको साथमा रहेको बताए । उनले पोखरामा कुनै समस्या आएमा खबर गर्न भन्दै त्यसको समाधान सङ्घले गर्ने र खेलाडीले विजयी भएको खण्डमा ३० हजार नगद प्रदान गर्ने बताए ।
खेलाडीहरूलाई नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सचिव बखत बहादुर शाहीले पनि शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य राजु विक्रम थापा, काठमाडौँ जिल्ला खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष दामोदर भट्टराई  लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितालाई भारतस्थित डिलक्स स्पोर्टस् कम्पनी  र पोखरा क्रिकेट एकेडेमीले संयुक्त रूपमा आयोजना गर्न लागेको बाग्मती टिम प्रशिक्षक रविन जोशीले जानकारी गराए । उनले आफ्नो पहलमा प्रतियोगितालाई डिएससीलाई प्रायोजन गर्न प्रोत्साहन गरेको बताए । ‘हाल सम्म महिलाहरूको ५० ओभरको वन डे खेल नभएको र यसले खेलाडीहरूको स्तरमा वृद्धि गर्न मद्दत पुग्ने छ’ – प्रशिक्षक रविन जोशीले बताए ।
हाल सम्म पुरस्कार राशिको घोषण नगरिएको र प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरूले मेडल, प्रमाण पत्रका साथै ट्रफी प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिजको घोषणाका साथै ट्रफी प्रदान गरिने प्रशिक्षक रवि नले बताए ।
Comment