खेलकुद फिल्म बनाउन १० लाख

rahul bk
नेपालमा खेलाडी र खेल जीवनसंग जोडिएर फिल्म निर्माण नभइरहेकोले त्यसको शुरुवात गर्न मोडल ग्लोबल भिसास कन्सल्टेन्सीले १० लाख रुपियाको प्रायोजक हरेक वर्ष गर्ने भएको छ । काठमाडौंमा यसै सातादेखि हुन लागेको पहिलो अन्तर्राष्ट्र्रिय फिल्म फेस्टिभलको पुर्व सन्ध्यामा सो फेस्टिभलका मुख्य प्रायोजक समेत रहेका मोडेल ग्लोबलले त्यस्तो सम्झौता गरेको हो ।
सोमबार आयोजित एक कार्यक्रममा मोडल ग्लोबल र नेपाल स्पोर्ट्स फाउन्डेसनबीच सो सम्वन्धमा सहमती पत्रमा हस्ताक्षर भयो । सम्झौतामा फाउन्डेसनको तर्फबाट राष्ट्रिय क्रिकेट टोलीका सदस्य राहुल विक र मोडल ग्लोबलका तर्फबाट कार्यकारी निर्देशक मनोज पाण्डेले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार प्रायोजक मोडल ग्लोबलले सन् २०१५–१६ का लागि दुई किस्तामा सो रकम उपलब्ध गराउने छ ।
स्पोट्र्स फिल्म फेस्टिभलका आयोजक नेपाल स्पोट्र्स फाउन्डेसनले सो रकमबाट पांचवटा फिल्म बनाउनेछ । फाउन्डेसनका अध्यक्ष सुर्य थपलियाले भने – नेपालमा खेलकुद क्षेत्रको विषयलाई समेटेर फिल्म बनाउने प्रथाको अव विकास हुने हामीले विश्वास लिएका छौं । ’
मोडल ग्लोबलका कार्यकारी निदेर्शकले यो कार्यक्रम सन् २०२० सम्मको लागि निरन्तर हुने बताए । उनले भने – ‘नेपाली खेलकुदलाई अगाडी वढाउन मेरो तर्पmबाट यो सानो प्रयास हो । ५ वर्ष म यो कार्यक्रमलाई निरन्तरता दिन्छु । त्यसपछि ठुलो प्रायोजक आउला भन्ने मलाई विश्वास छ । ’
कार्यक्रममा ग्रान्डी हस्पिटलका विनोद अधिकारीले र वल्र्डकप इन नेपाल फिल्मका निर्माता प्रकाश थापाले मन्तब्य ब्यक्त गरेका थिए । काठमाडौंमा यहि फागुन १५ र १६ गते दुई दिन पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको प्रदर्शन हुंदैछ । नेपाल पर्यटन बोर्डको हलमा निशुल्क देखाइने सो फेस्टिभलमा नेपाली र विदेशी भाषागरी कुल १७ फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

Comment