साविक विजेता एपीएफ फाइनलमा

apf final
प्रेमनारायण न्यौपाने
पोखरा
चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबविरुद्ध  जीत हात पार्दै साविक विजेता  एपीएफ क्लब पोखरामा जारी चौथो महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार पोखरा रड्डशालाको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ दोस्रोपटक फाइनलमा प्रवेश गरेको हो।
पहिलो सेटमा २५–१५ ले जितेको एपीएफ खेलाडीबीच उचित तालमेल नमिल्दा दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पियो। तेस्रो सेट २५–१२ ले सजिलै आफ्नो पक्षमा पारेको एपीएफ चौथो सेटमा भने सरस्वती चौधरीको उत्कृष्ट सर्भिसमा लक्की बन्यो। प्रतिस्पर्धात्मक खेलमा २४–२२ ले अगाडि रहेको अवस्थामा पुलिसले लगातार दुई अड्ढ गुमाएपछि एपीएफले बराबरी गर्ने अवसर पायो। त्यसपछि दबाबमा परेको पुलिसविरुद्ध सरस्वतीकै लगातार दुई सर्भिसको मद्दतमा एपीएफले जीत हात पार्न सफल भयो।
हारपछि पुलिसका सहायक प्रशिक्षक एवं नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान भरत शाहले बराबरीको अवस्थामा पुग्नु नै टीमको हारको कारण बनेको बताए। उनको भनाइ थियो–‘हामीले जित्ने कन्फर्म थियो तर कोपिला उप्रेतीले अपोनेन्टको एउटा सर्भिस बल आउट भनेर छोडिदिनु र अर्को बल स्पाइक गर्दा नेटमा हान्नु नै हारको टर्निङ प्वाइन्ट बन्यो।’
जीतपछि एपीएफका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले आफ्नो टीम भाग्यमानी रहेकोे प्रतिक्रिया दिए। उनले आफूले सोच्दै नसोचेको जीत हात पारेको बताएका उनले भने–‘मैलै जितिन्छ भन्ने सोचेकै थिइनँ, तर उनीहरू (पुलिस) ले दुईवटा बल बिगार्नु नै हाम्रो लागि लक सावित भयो।’ उनले एपीएफले पुलिसविरुद्ध खेल खेल्नै नसकेको बताए। सो खेलमा एपीएफकी कप्तान निमा श्रेष्ठ वुमन अफ दी म्याच घोषित भइन्।
आयोजक पश्चिमाञ्चल टीम र न्यू डायमण्ड एकेडेमीबीचको दोस्रो सेमिफाइनल खेल खराब प्रकाशका कारण स्थगित भएको छ।दुई–दुई सेटको बराबरीको अवस्थामा दुवै टीमका कप्तानको आग्रह तथा अफिसियलको समन्वयमा आयोजकले खेल स्थगित गरेको हो। स्थगित खेल सोमबार दिउँसो एक बजे सुरुदेखि नै खेलाइने नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष याम गुरुङले जानकारी दिए। सोमबार नै हुने भनिएको फाइनल खेल मड्डलबार दिउँसो तीन बजे हुनेछ। यसअघि पहिलो सेट २५–१२ ले हात पारेको पश्चिमाञ्चलले दोस्रो सेट २२–२५ ले न्यू डायमण्डलाई सुम्पियो। तेस्रो सेट पश्चिमाञ्चलले २५–१७ ले पुनः आफ्नो पक्षमा पा¥यो तर चौथो सेटमा न्यू डायमण्डले उत्कृष्ट पुनरागमनका साथ २५–२३ ले आफ्नो पक्षमा पार्दै खेललाई बराबरीमा ल्याएको थियो। २–१ को सेटले अगाडि रहेको पश्चिमाञ्चलले जित्ने अवसर हुँदाहुँदै पनि डिफेन्सको कमजोरीले नतिजा बराबरीमा चित्त बुझाउन बाध्य भयो।
पश्चिमाञ्चल क्षेत्रीय भलिबलको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वावधानमा आइतबार भएको पुरुषतर्फको खेलमा पश्चिमाञ्चल, एपीएफ र आर्मीले आ–आÇनो खेलमा जीत हात पारे। पहिलो खेलमा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई सोझो तीन सेटमा हरायो।उसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो। दुवै खेलमा जीत हात पारेको पश्चिमाञ्चल छ अड्ढसहित समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ। सो खेलमा पश्चिमाञ्चलका जिमप्रसाद श्रेष्ठ म्यान अफ दी म्याच बने। यसअघि पुलिस पनि दुवै खेलमा जीतका साथ छ अड्ढ जोड्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। सोमबार हुने यी दुवै टीमबीचको खेलले समूह विजेता र उपविजेताको निर्धारण गर्नेछ। अड्ढविहीन मध्यममाञ्चल र मध्यपश्चिमाञ्चल लिगचरणबाट बहिरिइसके पनि सोमबार दुवै प्रतिष्ठाको लागि भिड्नेछन्।
अर्को खेलमा समूह बी को एपीएफले पूर्वाञ्चललाई २५–१४, २५–१५ र २५–१३ को सोझो सेटमा पराजित गर्दै समूह बी को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश ग¥यो।तीन खेलमा शतप्रतिशत जीत निकालेको एपीएफ नै अड्ढ जोड्दै सेमिफाइनलमा प्रवेश गरेको हो। सो खेलमा एपीएफका धनबहादुर भट्ट क्षत्री म्यान अफ दी म्याच घोषित भए।
अर्को खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिमाञ्चललाई २५–२२, २५–१६ र २६–१९ ले हराउँदै सेमिफाइनलको यात्रा तय ग¥यो। तीन खेलमा दुई जीत एकमा हार बेहोरेको उसले छ अड्ढ जोड्दै समूह बी बाट उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो। सो खेलमा आर्मीका मानबहादुर श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए। एपीएफले समूह ए को उपविजेता तथा आर्मीे समूह ए को विजेतासँग मड्डलबार फाइनलको लागि प्रतिस्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका सचिव डीबी नेपालीले जानकारी दिए।
दुवै इभेन्टमा प्रथम हुनेलाई जनही नगद ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।यस्तै बेस्ट प्लयेर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्स, बेस्ट क्वीकरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ। तस्विर सौजन्यः उमेश पुुन

Comment