पुलिस, एपीएफ र सुदूरपश्चिमाञ्चल विजयी

IMG_03311edited
प्रेमनारायण न्यौपाने
पोखरा
लिगचरणको अन्तिम खेलमा जीत हात पार्दै नेपाल पुलिस क्लब पोखरामा जारी चौथो महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।शनिबार पोखरा रड्डशालाको भलिबल कोर्टमा सञ्चालित समूह बी को अन्तिम खेलमा भारतको उत्तरप्रदेश टीमलाई सोझो तीन सेटमा पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो।
चुडा खड्काको सर्भिसमा सर्वाधिक पाँच अड्ढ जोडेको पुलिसले पहिलो सेट २५–१५, कोपिला उप्रेतीको सर्भिसमा सर्वाधिक सात अड्ढ जोडेको दोस्रो सेट २५–२२ र इन्दिरा कठायतको सर्भिसमा सर्वाधिक चार अड्ढ जोडेको तेस्रो सेटमा पुलिसले उत्तरप्रदेशलाई २५–१८ ले पराजित गरेको थियो। सो खेलमा पुलिसकी कोपिला उप्रेती प्लयेर अफ दी वुमन घोषित भइन्। दुई खेलमा एकमा हार तथा एकमा जीत हात पारेको पुलिस तीन अड्ढसहित समूह बी बाट उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।पुलिस पहिलो खेलमा न्यू डायमण्ड एकेडेमीसँग हार बेहोरेको थियो।
राम्रो प्रदर्शन गरे पनि दुवै खेलमा हार बेहोरेको पाहुना टोली उत्तरप्रदेश भने लिगचरणबाटै बाहिरिएको छ। शनिबारको खेलमा स्पाइक र ब्लक राम्रो भए पनि डिफेन्स र नेट टचका कारण तीनै सेटमा उत्तरप्रदेशले धेरै अड्ढ गुमाएको थियो।
पश्चिमाञ्चल क्षेत्रीय भलिबलको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वावधानमा शनिबार भएको पुरुषतर्फको शनिबारको खेलमा भने विभागीय टीम पुलिस र एपीएफले जीत हात पार्दा आर्मीले भने पराजय भोगेको छ। पहिलो खेलमा पुलिसले मध्यपश्चिमाञ्चललाई सोझो तीन सेटमा हरायो।कुलबहादुर थापाको सर्भिसमा सर्वाधिक छ अड्ढ जोडेको पुलिसले पहिलो सेट २५–९, सञ्जय अर्यालको सर्भिसमा सर्वाधिक सात अड्ढ जोडेको दोस्रो सेटमा २५–११ तथा इम रानाको सर्भिसमा सर्वाधिक पाँच अड्ढ जोडेको प्ुलिसले मध्यपश्चिमको चुनौती तेस्रो सेटमा २५–११ ले पन्छाएको थियो।सो खेलमा पुलिसका धु्र्रव पौडेल प्लेयर अफ दी म्याच घोषित भए।
दोस्रो खेलमा समूह बी को सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ३–२ को सेटमा हरायो।पहिलो सेट सुदूरले २५–१३ ले जित्दा उसका नरेश भट्टले सर्भिसमा सर्वाधिक छ, दोस्रो सेट २४–२६ ले गुमाउँदा उसकै तारा भट्टले सर्भिसमा सर्वाधिक चार तथा तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दा सुदूरकै महेशसिंह खत्रीले सर्भिसमा चार अड्ढ जोडेका थिए। चौथो सेट १९–२५ ले गुमाएसँगै भएको पाँचौं सेटमा सुदूरकै योगेश शाहीले सर्भिसमा सर्वाधिक चार अड्ढ जोडेका थिए।सो खेलमा सुदूरपश्चिमाञ्चलका तारा भट्ट प्लयेर अफ दी म्याच घोषित भए।जीतसँगै सुदूरपश्चिमाञ्चले तीन अड्ढ जोडे पनि हारका बाबजुत पनि पूर्वाञ्चलले दुई अड्ढ खोस्न सफल भएको छ।
तेस्रो खेलमा आयोजक टीम पश्चिमाञ्चलले मध्यमाञ्चललाई सोझो तीन सेटमा हराउँदै महŒवपूर्ण तीन अड्ढ जोड्न सफल भयो। जिम श्रेष्ठको सर्भिसमा सर्वाधिक पाँच अड्ढ जोडेको पश्चिमाञ्चलले पहिलो सेट २५–१५, रमेश केसीको सर्भिसमा सर्वाधिक तीन अड्ढ जोडेको दोस्रो सेट २५–२० र जिम श्रेष्ठको सर्भिसमा सर्वाधिक तीन अड्ढ जोडेको पश्चिमाञ्चलले मध्यमाञ्चललाई तेस्रो सेटमा २५–१९ ले हराएको थियो। सो खेलमा पश्चिमाञ्चलका राम श्रेष्ठ प्लयेर अफ दी म्याच घोषित भए।
चौथो खेलमा समूह बी को विभागीय टीम एपीएफले अर्को विभागीय टीम त्रिभुवन आर्मी क्लबलाई सोझो तीन सेटमै पाखा लगायो।सुरेशकुमार चौधरीको सर्भिसमा सर्वाधिक चार अड्ढ जोडेको एपीएफले पहिलो सेट २५–२१ ले हात पारेको थियो। दोस्रो सेटमा आर्मी फर्किने सम्भावना भए पनि अन्तिम अवस्थामा २४–२६ ले एपीएफलाई सुम्पियो। यदु चौधरी र ज्ञानेश्वर अधिकारीको सर्भिसमा समान तीनसहित सर्वाधिक छ अड्ढ जोडेको एपीएफले तेस्रो सेट २५–१६ ले आफ्नो कब्जामा पार्न सफल भयो। सो खेलमा एपीएफका सुरेशकुमार चौधरी प्लयेर अफ दी म्याच घोषित भए।
दुवै खेलमा जीत हात पारेको पुलिस छ अड्ढसहित समूह ए को शीर्ष स्थानमा उक्लिएको छ भने मात्र एक खेल खेलेको पश्चिमाञ्चल तीन अड्ढसहित दोस्रो स्थानमा छ। दुवै खेल खेलेको मध्यमाञ्चल र एक खेल खेलेको मध्यपश्चिमाञ्चलले अड्ढ जोड्न सकेका छैनन्। यस्तै दुवै खेल जितेको एपीएफ समूह बी को शीर्ष स्थानमा उक्लिएको छ भने एक जीत एक हार बेहोरेको आर्मी र सुदूरपश्चिमाञ्चल समान तीन अड्ढसहित दोस्रो र तेस्रो स्थानमा छन्। दुई अड्ढ जोडेको पूर्वाञ्चल पुछारमा छ।
आइतबार पुरुषतर्फ पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलबीच बिहान साढे सात बजे पहिलो खेल, एपीएफ क्लब र पूर्वाञ्चलबीच साढे नौ बजे दोस्रो, त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमाञ्चलबीच साढे ११ बजे तेस्रो खेल हुने छ।
यस्तै महिलातर्फ समूह ए को विजेता एपीएफ क्लब र समूह बी को उपविजेता नेपाल पुलिस क्लबबीच दिउँसो साढे एक बजे पहिलो तथा समूह बी को विजेता न्यूस् डायमण्ड एकेडेमी र समूह ए को उपविजेता पश्चिमाञ्चल टीमबीच साढे तीन बजे दोस्रो सेमिफाइनल खेल हुने पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका सचिव डीबी नेपालीले जानकारी दिए।
दुवै इभेन्टमा प्रथम हुनेलाई जनही नगद ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।यस्तै बेस्ट प्लयेर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्स, बेस्ट क्वीकरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ।
तस्विर सौजन्यः उमेश पुन

Comment