हिम्स र साइपाल विजयी

hisan cricket
हिम्स र साइपाल एकेडेमीले दोश्रो हिसान राष्ट्रिय खेलकुदको गल्र्स बास्केटबलमा बुधबार जित हात पारेका छन् ।
नयाँबजारस्थित प्राइम कलेजको कोर्टमा हिम्सले प्रिमियरलाई १०–४ तथा साइपालले न्यु होराइजनलाई ५५–२४ ले पराजित गरे । गल्र्समै मोर्गनले सीसीआरसीलाई ३४–२२ र जेभियर इन्टरनेसनलले क्यास्पियनलाई २७–११ ले हराए ।
ब्वाइजमा एलआरआईले गोल्डेनगेटलाई ४३–४१, नासाले अक्सब्रिजलाई ४५–१७, प्राइमले प्रिमियरलाई ४२–२४, नोबेलले रेडनलाई २२–१९ तथा माउन्ट अन्नपूर्णले बेलोरलाई ५८–३२ ले पन्छाए ।
ब्वाइज क्रिकेटमा पेन्टागन र लेबोरेटरी उमाविले जित हात पारे । पेन्टागनले डिएभीलाई ३८ रन तथा लेबोरेटरीले ह्वाइटफिल्डलाई १ सय ५८ रनले हराए ।

Comment