निमा र विमल सर्वोत्कृष्ट


एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्ने २८ खेलाडीमध्येबाट निमा र विमल सर्वोत्कृष्ट भएका हुन् । सर्वोकृष्ट चुनिएसँगै निमा र विमलले एक–एक लाख रुपैयाँ प्राप्त गरे ।

पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’को अवार्डबाट बक्सिङका प्रशिक्षक मदन गुरुङले पाए । उनी ३५ हजार रुपैयाँसहित सम्मानित भए । एनएनआईपिए पत्रकारिता पुरस्कारबाट राजेन्द्र चित्रकार सम्मानित भए । खेल पत्रकार प्रज्वल वलीले स्पेसल अवार्ड पाए ।

Comment