ओमानसँग नेपालको हार

नेपालले क्रिकेट र्वल्डकप लिगको आइतबार भएको खेलमा ओमानसँग आठ विकेटको हार व्यहोरेको छ । नेपालले दिएको २५० रनको लक्ष्य ओमानले १६ बल बाकी रहँदा दुई विकेटको क्षतिमा पुरा गरेको हो । ओमानलाई सहज जित दिलाउने क्रममा अकिव इलीयासले १०८ बलमा १०९ रन जोडे । उनले जेसन मसुद(६८)सँग मिलेर तेस्रो विकेटका लागि अविजित १६७ रनको साझेदारी गरे । नेपालका सुसान भारी र कुशल मल्लले विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा २४९ रन जोडेको थियो । नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन जोडे ।

Comment