संजय प्रतिष्ठानद्धारा भलिबल खेलाडी निता र इम सम्मानित

niroj

संजय स्मृती प्रतिष्ठानद्धारा  भलिबल खेलाडीद्धय इम रानामगर र निता शाहलाई आइतबार सम्मान गरिएको छ । नेपाल पुलिसकी महिला टिमकी कप्तान निता र पुलिसकै पुरुष खेलाडी इमलाई प्रतिष्ठानकी संरक्षक निरज मास्केले नगद २० हजार सहित कदरपत्रले सम्मान गरेकी हुन् । नेपाली भलिबलमा दुवैले राष्ट्रिय टोलीका रुपमा एक दशक लामो योगदान पु¥याएका छन् ।
नेपाल खेलकुद पत्रकार मन्चमा सम्मानित भएपछि इमले प्रतिष्ठानले खेलाडीको हौसला बढाएको छ, ‘यस्ता सम्मानले खेलाडीको मननेबल बढाउनुका सधै खेल्न प्रेरित गर्छ । इमले भावुक मुद्रामा भने सम्मान गर्नु भएकोमा संजय स्मृती प्रतिष्ठान र निरोज दिदिलाई धेरै धेरै धन्यावाद ।
नेपाल भलिबल संघकी कोषाध्यक्ष निरोज मास्केले आफना श्रीमान संजयका सम्झनामा प्रतिष्ठान स्थापना गरेकी हुन् । प्रतिष्ठानकी संरक्षक मास्केले लोकप्रिय खेल भएपनि भलिबल खेलाडीलाई सम्मान गर्ने कार्यक्रमको कमी भएको बताइन । उनले भनिन, ‘भलिबलको खेलको उचाइ बढाउन खेलाडीको महत्वपुर्ण योगदान छ । प्रतिष्ठानले अब हरेक वर्ष १ पुरुष र महिला खेलाडीलाई सम्मान गर्ने छ।’
आइबार सम्मानित भएकी नीताले चार अन्तराष्ट्रिय प्रतियोगितामा पदक जितेकी छिन् । नीताले महिला भलिबलमा निरन्तरता दिन थुप्रै समस्याहरुसँग जुध्नु परेको बताइ । उनले भनिन, ‘राष्ट्रिय टोलीबाट खेलेको धेरै खेलाडीले भलिबल खेल्न छाडिसके । अनुशासनमा भएर खेलेको आज कदर भएको छ । सम्मान गरेकोमा प्रतिष्ठानलाई धन्यावाद । उनले भनिन, ‘ सुदुर पश्चिममा जन्मेर भलिबलमा मैले धेरै सघर्ष गरेकी छु । अछाममा अहिले पनि महिलालाई खेल्नको लागि सहज वातावरण छैन । यस्ता सम्मानले महिला खेलाडीलाई भलिबलमा आर्कषित गर्नेछ ।’

Comment