स्की च्याम्पियनसीप सम्पन्न

तेश्रो राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न भएको छ । च्याम्पियनसीपमा अल्पाइन,क्रसकन्ट्री र स्नो बोर्डीङक स्पर्धा समाबेश थिए । मुक्तीनाथमा भएको सो च्याम्पियनसीपमा पुरुष स्कीको सीनीयर स्पर्धामा साहष राम श्रेष्ठ पहिलो,शुकदेव थापा दोश्रो,प्रगुन मर्हजन तेश्रो,पुन्डरी पान्डे चौथो,दिनेस कुमार बोहरा पाचौ,छिरिङ तेन्जीङ शेर्पा छैठौ,छिरिङ चागेल तामाङ सातौ,स्वराज श्रेष्ठ आठौ,रमेस पाख्रीन नवौ र साम्देन तामाङ दसौ भए ।
महिला तर्फ गौरी मारा तामाङ पहिलो,संगीता लामा दोश्रो,लक्ष्मी राई तेश्रो,फुन्जो लामा चौथो र सजनी लामा पाचौ भए । जुनियर समुहमा पुरुष तर्फ सागर तामाङ,उमंग रञ्जित दोश्रो,क्षितिज किरण रञ्जित तेश्रो,प्रज्वल मर्हजन चौथो,दावा छिरिङ शेर्पा पाचौ,छिरिङ दोर्जे तामाङ छैठौ र नवाङ दोर्जे तामाङ सातौ भए । महिला तर्फ लाक्पा डोल्मा शेर्पा पहिलो,आयुषी मर्हजन दोश्रो र उजला मुनीकार तेश्रो भए ।
स्नो बोर्डीङमा विसाल तामाङ पहिलो,नरिन तामाङ दोश्रो,छिरिङ तामाङ तेश्रो,दावा तामाङ चौथो र छिरिङ शेर्पा पाचौ भए । क्रसकन्ट्रीमा सुजाता न्यासुर पहिलो,इशा तामाङ दोश्रो,थुप्तेन लामा तेश्रो र छिमय तामाङ चौथो भए । विजयी खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा नेपाल स्की सङ्घका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिता महत्त्वपूर्ण भएको जनाए । कार्यक्रममा राखेप उपाध्यक्ष पीताम्बर तिम्सिना र नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङको पनि उपस्थिति थियो ।

Comment