निल बाराही च्याम्पियन

taekwondo man maiju
निलबाराहीले प्रथम मनमैजु काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । टिम च्याम्पियन बन्न सफल निलबाराहीले ७ स्वर्ण जित्यो ।
मनमैजु तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण, २ रजत र ७ कांस्यसाथ रिलायन्स इन्टरनेसनल एकेडेमी दोश्रो भयो । तेश्रो स्थानको मार्निङ ग्लोरीले २ स्वर्ण हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा काब्याका स्वयम शाही तथा महिलामा मोर्निङ ग्लोरीकी मेलिशा खड्गी उत्कृष्ट खेलाडी चुनिए । दुईदिने प्रतियोगितामा ३ सय २ खेलाडीले १५ स्वर्णकालागि प्रतिस्पर्धा गरेको आयोजक प्रमुख राजकुमार ठकुरीले जनाएका छन् ।

Comment