एपिएफ र न्यु डायमन्डको विजयी सुरुवात

साबिक विजेता नेपाल एपिएफ क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब र बुलबुले रारा क्लबले १५ औँ संस्करणको सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा बिहीबारदेखि सुरु भएको खेलमा एपिएफले चुली युवा क्लबमाथि २५–६, २५–५ र २५–१३ को एकपक्षीय जित निकाल्दै विजयी सुरुवात गरेको हो । यस्तै होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले पारा माउन्ट स्कुलमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । चोटका कारण आफ्ना स्टार खेलाडी प्रतिभा मालीविनै मैदान उत्रिएको डायमन्डले पहिलो सेट २५–५ ले सोझै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा दोस्रो रोजाइका खेलाडीलाई कोर्टमा उतार्दा डायमन्डले २१–२५ ले नतिजा पारामाउन्टलाइै सुम्पिएको थियो । अन्तिम समयतिर पहिलो रोजाइका खेलाडीलाई उतारे पनि डायमन्ड खेलमा फर्कन सकेन ।
त्यसपछि डायमन्डले तेस्रो र चौथो सेटमा पहिलो रोजाइका खेलाडीलाई कोर्टमा उतारेपछि २५–७ र २५–७ ले सेट आफ्नो पक्षमा पादै विजयी हुन सफल भयो । बिहीबारकै अर्को खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले समाखुशी इङ्लिस बोर्डिङ स्कुल सेबलाई २५–७, २५–४ र २५–८ को सोझो सेटमा हरायो । अर्को खेलमा बुलबुले रारा क्लबले चुली युवा क्लबलाई २५–१४,२५–१४ र २५–१७ ले पराजित गर्दै विजयी सुरुवात ग¥यो । प्रतियोगिताको पहिलो दिन चुली युवा क्लबले दोहोरो हार बेहो¥यो । प्रतियोगिताको दोस्रो दिन ६ खेल हुनेछ ।

Comment