तेक्वान्दोका यादव सम्मानीत

yadav kunwar1

प्रथम मनमैजु काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताका  प्रतियोगिताको समापनकाअवसरमा सन् २०१४ को जुनमा रुसको मस्कोमा सम्पन्न पाँचौं विश्वपारा तेक्वान्दोका रजत विजेता यादवकुँवरलाई सम्मान गरियो । यस अघि उनी बिश्व पारा तेक्वान्दो च्याम्पियनसीपमा काश्य पदक जित्न सफल भएका थिए । लागातर दुइ सस्करणमा बिश्व स्तरीय प्रतियोगितामा पदक जित्ने यादव नेपालका पहिलो खेल ब्यक्तित्व हुन् ।
कुनै समय नेपालको साख धान्ने खेल तेक्वान्दोको साख गीर्दै जादा त्यो साख जोगाउने यादव प्रमुख ब्यक्तित्च्व हुन् । उनको यो यात्रामा जर्नादन ढुंगेलको विशेष सहभायोगी भुमिका रहेको थियो । उनको तेक्वान्दो यात्रामा अर्का तेक्वान्दो प्रशिक्षक तथा उनका भाइ कल्याण कुबरको सहयोग र सद्भाव समेत महत्वपूर्ण रहेको छ । चितवनका स्थायी बासीन्दा यादव दुइ दशक देखि तेक्वान्दोमा आबद्ध नाम हो । आफूले पाएको सफलतालाई पछिल्लो पुस्ताले समेत पछ्याउन् भन्ने आदर्श सोचाइका साथ यादव अहिले पनि पारा तेक्वान्दोमा निरन्तर सक्रिय छन् । यादवको सफलताले उत्साहित कल्याण भने अन्य पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिन ब्यस्त  छन् ।
यादवको सफलताले ब्यक्तिगत जिन्दगीमा आइ पर्ने कुनै पनि दुर्घटनाका बाबजुद लगातारको मिहेनत र समपर्णले माथिल्लो उचाइ प्राप्त गर्न सकिन्छ भन्ने उत्साह धेरैलाई मिलेको छ ।

Comment