नासा नेसनल कार्टिङ्ग टिमको घोषणा

धुलिखेल स्थित हिमालयन मोटरल्याण्डमा शनिवार नासा नेपालले आगामी ४ वर्षका लागि नेसनल कार्टिङ्ग टिमको घोषणा गरेको छ । सो टिम बिच कार्ट्स सम्बन्धी तालिम तथा सानो प्रतियोगिता समेत सम्पन्न गरियो ।
कुल ४० जनाको सहभागिता रहेको सो कार्यक्रममा नासा कर्टिङ्गका संयोजक अनिल बराल, नेपाल मोटर स्पोर्ट्स क्लबका आशिष लामिछाने, नासाका आइडिपी तथा इभेन्ट संयोजक सन्तोष न्यौपाने, टु व्हिल्लर्स इभेन्टका प्रमुख विनोद तण्डुकारले खेलकुद, कार्टिङ्ग खेलको नियम तथा प्रक्रियाबारे प्रशिक्षण दिए ।
तालिम लगतै कार्टिङ्ग टिम बिच छोटो प्रतियोगिता समेत सम्पन्न गरियो । ३—३ ल्यापको उक्त प्रतियोगितामा पुरुष तर्फ सुवर्ण सिङ्ग बिस्ट पहिलो, राम विक्रम थापा दोस्रो, मञ्चन तिवारी तेस्रो भए भने महिला तर्फ आकृति बेलबासे पहिलो, नितु श्रेष्ठ दोस्रो, सुषमा नेपाल तेस्रो भए ।
सम्पूर्ण सहभागीहरूलाई अनिल बराल , सन्तोष न्यौपाने , विनोद तण्डुकार, नासाका सचिव नीरज खड्का, तथा विनोद श्रेष्ठले प्रमाण—पत्र प्रदान गरे । सो कार्टिङ्ग टिममा सुनिता देशार, दिप्रश शाक्य, मञ्चन तिवारी, नितु श्रेष्ठ, आकृति बेलबासे, आयुशा शाक्य, दिक्ष्या गौतम, अभिषेक लामिछाने, सिजन भट्टराई, सुवर्ण सिङ्ग विष्ट, आश्विन जलान, सोनी ठकुरी, सदिक्षा आचार्य, सरोज श्रेष्ठ, सुषमा नेपाल, विजय पौडेल, कुशल भण्डारी, अङ्कित भण्डारी, आशिष श्रेष्ठ, विष्णु पाण्डे, विकास मेहता, नितेश यादव र रितेश उपाध्याय लगायत रहेका छन् ।
साहसिक तथा पर्यटकीय खेलकुदको क्षेत्रमा कार्टिङ्ग खेल पनि युवा समूह बिच लोकप्रिय हुँदै आएको अवस्थामा यसले नेपाल भ्रमण वर्षको प्रवर्धन गर्नुका साथै नेपालको पर्यटन प्रवर्धनमा समेत योगदान दिने विश्वास गरिएको छ, नासा कार्टिङ्गका संयोजक अनिल बरालले जनाए ।

Comment