एथलेटिक्स र कुस्ती एसियाड टोलीको बिदाइ

दक्षिणकोरियाको इन्चोनमाजारी १७औं एसियाली खेलकुदअन्तर्गतएथलेटिक्स र कुस्तीमा सहभागीहुने नेपालीटोलीलाई मंगलबार बिदाइगरियो ।
६ पुरुष खेलाडीले १० र ४ महिलाले ७ गरी विभिन्न १७स्पर्धामा नेपालले एथलेटिक्समा सहभागिताजनाउदैछ ।नेपालले इन्चोन एसियाडमामात्रप्रतिस्पर्धा गर्न लागेको विभिन्न १७मध्ये ८स्पर्धामाअहिलेको टोलीमा रहेका६ खेलाडीको नाममाराष्ट्रियकीर्तिमान छ ।
पुरुषमा नेपालकै तेज धावकयामसाजन सुनारले १ सय र २ सय मिटर दौडमाभागलिनेछन् । १ सयमायामसाजनले १०.३ सेकेन्डको कीर्तिमानआफ्नो नाममा स्थापित गरेकाछन् ।तिलकरामथारुले २ सय र ४ सय मिटर दौडमाप्रतिस्पर्धा गर्नेछन् । २ सयमाआलेम्पियनतिलकरामको नाममा २१.५ सेकेन्डको कीर्तिमान छ । हरि रिमालले १ हजार ५ सय र ५ हजार मिटर दौड, मुक्तिबहादुर खड्काले ८ सय मिटर दौड, कृष्णबहादुर बस्नेतले म्याराथन (४२.१९५ किलोमिटर) तथागोपीचन्द्र पार्कीले ५ हजार र १० हजार मिटर दौडमा नेपालचुनौती प्रस्तुतगर्नेछन् ।
महिलामालगातार तेश्रोपटकएसियाडमा सहभागिताजनाउनलागेकीकान्छीमायाकोजुले ५ हजार र १० हजार मिटर दौडमा खेल्ने छिन् ।दुवै स्पर्धामाकान्छीमायानै कीर्तिमानधारी हुन् । ओलम्पियनकान्छीमायाको ५ हजारमा १६ मिनेट ४९.८ सेकेन्ड र १० हजारमा ३५ मिनेट ०३ सेकेन्डको कीर्तिमान छ ।चौथोपटकएसियाडमा सहभागीहुनलागेकीकान्छीमाया १३औं एसियाडमा सहभागीथिइन् ।दिलमायाकार्कीले २ सय र ४ सय मिटर दौडमा सहभागीहुने छिन् । ४ सयमा ५८.५ सेकेन्डको कीर्तिमानदिलमायाकै नाममा रहेको छ । केशरी चौधरीले भागलिने लङजम्प र ट्रिपलजम्पमाकेशरी आफै कीर्तिमानधारी हुन् ।लङजम्पमा ५.३६ मिटर र ट्रिपलजम्पमा १२.२० मिटरको कीर्तिमान छ ।त्यस्तै अमेरिकामाबस्ने स्वरुपाखड्काले म्याराथनमा नेपालको झण्डामुनि खेल्नेछिन् । स्वरुपाको उत्कृष्टटाइमिङ २ घण्टा ५७मिनेट पनि राष्ट्रियकीर्तिमानहो ।
वर्तमान खेलाडीटोलीमा कृष्णसंग मात्रअन्तर्राष्ट्रियप्रतियोगिता खेलेको अनुभव छैन ।यामसाजनले जुनियरअन्तर्राष्ट्रियप्रतियोगितामा सहभागिताजनाएपनिसिनियरमाभने पहिलोपटक सहभागीहुनलागेकाहुन् ।
प्रशिक्षकमा सुशीलनरसिंह राणा र चन्द्र गुरुङ तथाव्यवस्थापकमाविक्रमजंगथापा रहेकाछन् । एथलेटिकस सेप्टेम्बर २७ देखि अक्टोबर ४ तारिखसम्मचल्नेछ ।
सेप्टेम्बर २६ देखि ३० तारिखसम्म सञ्चालनहुने कुस्तीमा २ पुरुष खेलाडीले नेपालको प्रतिनिधित्वगर्नेछन् । सुमिरकुमार शाहले ८४ केजीतथाबुनिलाल राउत ऐरले ७४ केजीमाप्रतिस्पर्धा गर्नेछन् ।प्रशिक्षकमाब्रह्मदेवप्रसादयादवछन् ।
दुवै टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिवयुवराजलामाले छुट्टाछुट्टै कार्यक्रममाबिदाइ गरे । दुवै टोलीबुधबार इन्चोन प्रस्थानगर्दैछन् ।
एथलेटिक्सको बिदाइकार्यक्रममा सदस्य–सचिवलामाले इन्चोन एसियाडमै सहभागीहुने राखेप कर्मचारी संघकाअध्यक्ष रञ्जन थापालाई पनिबिदाइ गरेकाथिए ।थापापनिबुधबारै जाँदैछन् ।

Comment