एपीएफको लगातार तेस्रो पटक च्याम्पियन

volleyball final
एपीएफले दशौं ढोरपाटन ब्लू स्काई कप टिभिएस महिला डबल लिग भलिबलकाृ उपाधि जितेको छ । एपीएफको यो लगातार तेस्रो जित हात पारेको छ । शनीबार भएको अन्तिम खेलमा  एपीएफले न्यु–डायमण्डलाई १६–२५, २५–१७, २५–१९, २५–१७ र १५–८ ले पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको हो । लगातार तेस्रो पटक उपाधि जित्दै रनिङशिल्ड आफ्नो बनाएको छ ।दर्शकले भरिभराउ भएको नया बसपार्कस्थित कोर्टमा शनिवार भएको दोस्रो चरणको अन्तिम खेलमा एपीएफले जित सहित ४० अंक जोड्यो भने एपीएफसँग दुवै चरणमा पराजित भएको न्यूडायमण्डको समान १४ खेलबाटै ३७ अंक भएको थियो । तेस्रो स्थानमा रहेको पुलिसले २८ तथा चौथो स्थानमा चित्त बुझाएको पश्चिमाञ्चलको २७ अंक छ ।
खेलमा एपीएफकी कप्तान निमा श्रेष्ठ वुमन अफ दि म्याच भइन् । जितपछि एपीएफका प्रशिक्षक कपिल किशोर श्रेष्ठले लगातार तेस्रो पटक उपाधि जिताउन सक्दा एकदमै खुशी लागेको बताए । ‘पहिलो सेटमा टिमले रियल खेल खेल्न सकेन । चार वर्ष देखि एपीएफलाई प्रशिक्षण गराइरहेका श्रेष्ठले भने, दोस्रो सेटपछि भने आफ्नो स्वभाविक खेल खेल्यो । हारपछि न्यू–डायमण्डका प्रशिक्षक कुमार राईले दोस्रो तथा तेस्रो सेटमा टोलीले स्वभाबिक खेल प्रदर्शन गर्न  नसक्दा हार्नु परेको प्रतिक्रिया दिए । ‘यसपल्ट लिग जित्ने सपना तुहिएको छ ।’ राईले भने । ढोरपाटनले नै न्यूडायमण्ड भनेर चिनायो । सुन्यबाट शुरु गरेको हौ, मेरो सपना एघारौ सस्करण पुरा हुने छ । हामी उपाधि जित्ने योजनामा निरन्तर कोर्टमै रहने छौं ।
यस्तै शनिबारै भएको अर्काे नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पारजित गरेपनि पश्चिमाञ्चलले चौथो स्थानमा नै चित्त बुझायो । पुलिसविरुद्ध पश्चिमाञ्चलले २५–२२, २५–१८ र २५–१९ को सहज जित निकालेको थियो । शनीबार नै  भएको पहिलो खेलमा आयोजक ढोरपाटनलाई २५–१४, २५–१९ र २५–१५ को सोझो सेटमा पराजित गर्दै चण्डेश्वरी छैटौं स्थानमा रह्यो ।  प्रतियोगितामा डायमन्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी, एपिएफकी रेश्मा भण्डारी प्लेयर अफ द सिरिज, पुलिसकी कोपिला उप्रेती वर्ष खेलाडी र पश्चिमाञ्चलकी मनिषा चौधरी उदयमान खेलाडीबाट पुरस्कृत भए । पुरस्कृत भएका चारै जना खेलाडीले टिभिएसको स्कुटर पाए । उनीहरुलाई टिभिएस कम्पनी टेकु शाखा प्रमुख सुरेश रायमाझीले स्कुटरको चावी हस्तान्तरण गरे । प्रतियोगितामा बिद्यागत उत्कृष्टमा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट ब्लकर, नीमा श्रेष्ठ उत्कृष्ट स्पाइकर र बिनिता बुढाथोकी उत्कृष्ट सर्भर,  डायमन्डकी ललिता नाथ उत्कृष्ट क्वीकर र कृपा अधिकारी उत्कृष्ट सेटर र पुलिसकी कमला पुन उत्कृष्ट डिफेन्स भए । एपिएफका  कपिल किशोर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक र पुलिसका रुपेश विष्टले उत्कृष्ट ब्यवस्थापकको ट्रफी प्राप्त गरे ।
उनीहरु सबैले जनही ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेताले २ लाख ५५ हजार प्राप्त ग¥यो भने उपविजेता बनेको न्यू डायमण्डले १ लाख २५ हजारमा चित्त बुझायो । यस्तै तेस्रो बनेको नेपाल पुलिस क्लबले ६५ हजार, चौथो पश्चिमाञ्चलले ३५ हजार, पाँचौ त्रिभुवन आर्मी क्लबले २५ हजार, छैटौ बनेको चण्डेश्वरीले १५ हजार तथा सातौं बनेको आयोजक ढोपाटनले १० हजार प्राप्त गरे । प्रतियोगिताको विजेताहरुलाई राष्ट्रिय खेलकुल परिषदका सदस्य–सचिव युवराज लामाले पुरस्कार प्रदान गरे ।

Comment