न्यु डायमण्ड र एपिएफ उपाधिका लागि भिड्ने

ramilaa

न्यु डायमण्ड एकेडेमी र एपीएफ क्लब दशौं ढोरपाटक व्लु स्काइ कप टिभिएस महिला भलिवल डवल लिग च्याम्पियनसिपमा उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्ने भएका छन् । नया बसपार्कको खेल मैदानमा शुक्रबार न्यु डायमण्डले पश्चिमाञ्चल टोलीलाई २५–२१, २५–१८ र २५–२० को सोझो सेटमा पराजीत गरेको छ । चौथो स्थानमा चित्त बुझाएको पश्चिमाञ्चलकी परिक्षा गुरुङ वुमन अफ द म्याच भइन् । पश्चिमाञ्चलको १३ खेलबाट २४ अंक छ । पश्चिमाञ्चलसग ३ अंक लिए पछि न्यु डायमनले उपाधि जीत्ने सम्भावना जीवितै राखेको छ । बिभागिय टोली एपीएफले १३ खेलबाट अपराजित रहदै ३८ अंक जोडेको छ भने न्यु डायमण्डको १३ खेलबाट ३६ अंक भएको छ । उपाधिका लागि समिकरण एपीएफको पक्षमा बलियो बनेको छ । एपीएफलाई ३–२ को पराजय उपाधिका लागि प्रयाप्त छ भने न्यु डायमण्डले कम्तिमा ३–१ को नतिजा आफ्नो पक्षमा पनैपर्छ ।
शुक्रबारनै भएको अन्य खेलमा नेपाली पुलिस क्लबले ढोरपाटन क्लबलाई २५–८, २५–५ र २५–० को सोझो सेटले पराजीत ग¥यो । चुडा खड्का खेलको उत्कृष्ट खेलाडी भइन् । पुलिसले १३ खेलबाट २८ अंक जोड्दै तेश्रो स्थान सुरक्षित गरेको छ । त्यस्तै अर्को खेलमा कान्छो विभागिय टोली त्रिभुवन आर्मी क्लबले चण्डेश्वरी युथ क्लब रामेछापलाई सोझो सेटमा पराजीत ग¥यो । चण्डेश्वरी माथी उसले २५–१६, २५–१८ र २५–७ को जीत निकाल्यो । खेलमा आर्मीकी रञ्जना खड्का उत्कृष्ट खेलाडी भइन् । आर्मीले पाचौं स्थान सुरक्षित गरेको छ । शनिवार न्युडायमण्ड र एपीएफ बीच दिउसो २ बजे खेल हुने छ भने पुलिस र पश्चिमान्चलको खेल ११ बजे हुने छ ।

Comment