राष्ट्र राइ सम्मानीत

सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजांगले शुक्रबार सगरमाथा तेक्वान्दो डोजांग युकेका प्रमुख प्रशिक्षक राष्ट्रराईलाई सम्मान गर्यो । डोजांग प्रमुख अर्जुन भक्त राइले राष्ट्रले विदेशमा रहेर पनि नेपाली तेक्वान्दोमा पुर्याएको सकरात्मक योगदान महत्वपूर्ण भएको चर्चा गरे । सम्मानीत ब्यक्तित्व राष्ट्रले नेपाली तेक्वान्दोकोे विकासमा आफू समर्पीत भएको प्रतिक्रिया दिए । नेपाल भ्रमणमा रहेका उनलाई केही दिन अघि मुस्कान तेक्वान्दो डोजांगले पनि सम्मान गरेको थियो ।
खोटांग घर भएका राइ लामो समय देखि युकेमा रहदै आएका छन् । उनले सञ्चालन गरेको सगरमाथा डोजांगका १७ प्रशिक्षक र ५ सयको हाराहारीमा खेलाडी रहेका छन् । सगरमाथा डोजांग युरोपमा नै प्रतिष्ठित तेक्वान्दो डोजांगको रुपमा रहेको छ । उक्त डोजांगको संसारका १५ देशमा शाखा डोजांग रहेका छन् ।

Comment