एपीएफ क्लब महिला डबल लिग भलिबलको उपाधि निकट

police apf

एपीएफ क्लब दसौं ढोरपाटन ब्लू स्काई कप टिभिएस महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधिको निकट पुगेको छ । बिहिबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर पछि एपीएफ उपाधिको नजीक पुगेको हो । नेपाली भलीबलमा हालसम्म एपीएफ , न्यु डाइमन्ड, पश्चिमाञ्चल र पुलिसलाई अन्य टोलीले अंक खोस्नु   लगभग असम्भब मानीन्छ । पहिलो चरणमा न्यु डाइमन्डमाथि एक अंकको अग्रता कायम गरेको एपीएफले अन्य दुइ कठिन प्रतिस्पर्धी पश्चिमाञ्चल र पुलिससं पूर्ण अंक बटुले पछि न्यु डाइमन्डसंगको खेलमा पाचौ  सेटमा पराजित भए  पनि उपाधि निश्चत हुने छ । चार सेटसम्ममा खेलको निर्णय भए विजेताले तीन तथा पराजित टोलीले शुन्य अंक पाउने तथा पाच सेटमा निर्णय भए विजेताले दुइ तथा पराजित टोलीले एक अंक पाउने प्राबधान रहेको छ ।

बिहिबार  एपीएफले पुलिसलाई २५–१९, २५–१५, १७–२५ र २५–१५ को सेटमा पराजित गरेको हो । खेलमा पुलिसकी पार्वती अर्याल वुमन अफ दि म्याच घोषित भइन । दोस्रो चरणको खेलअन्तर्गत बिहिवार  न्यू डायमण्ड एकेडेमी, पश्चिमाञ्चल, र चण्डेश्वरी विजयी भएका छन ।
काठमाडौंको नयाँ बसपार्कमा भएको खेलमा न्यू डायमण्ड एकेडेमीले ढोरपाटनलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । न्यू डायमण्डले ढोरपाटनलाई २५–०, २५–९ र २५–८ को सोझो सेटमा पराजित गरेको हो । खेलमा न्यू डायमण्डकी मनिषा तामाङ वुमन अफ दि म्याच घोषित भइन ।
अर्को खेलमा पश्चिमाञ्चलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पश्चिमाञ्चलले आर्मीलाई २५–१३, २५–११ र २५–१४ को सोझो सेटमा पराजित गरेको हो । खेलमा पश्चिमाञ्चलकी मञ्जु गुरुङ वुमन अफ दि म्याच चुनिइन । प्रतियोगिता अन्तर्गत शुक्रबार  नेपाल पुलिस क्लब र ढोरपाटन, चण्डेश्वरी र त्रिभुवन आर्मी तथा न्यू डायमण्ड एकेडेमी र पश्चिमाञ्चल भिड्नेछन ।

Comment