न्यु डायमण्ड र प्यारामाउण्ट उपाधि नजिक

न्यु डायमण्ड एकेडेमी र आयोजक प्यारामाउण्ट स्कुल प्रथम प्यारामाउण्ट कप अन्तर बिद्यालय महिला भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाईनलमा न्युडायमण्डले परोपकार मावीलाई २५–७,२५–६ र २५–८ को सोझो सेटमा हरायो । अर्को सेमिफाईनल खेलमा आयोजक प्यारामाउण्ट ग्रीनले आयोजक ब्लुलाई २५–२०,२५–१५ र २५–२० को सोझो सेटमा हरायो । तीन दिने प्रतियोगिताको फाईनल खेल शनिवार हुनेछ ।

Comment