न्यू डायमण्डको रोमाञ्चल जित

police diomond

दसौं ढोरपाटन ब्लू स्काई कप टिभिएस महिला डबल लिग भलिबल प्रतियोगिता अन्तर्गत दोस्रो चरणको खेलमा न्यू डायमण्ड एकेडेमीले पुलिस क्लबमाथि प्रतिस्पर्धात्मक  जित हात पारेको छ ।
काठमाडौंको नयाँ बसपार्कमा बुधवार भएको खेलमा न्यू डायमण्ड एकेडेमीले पुलिसमाथि ३–२ को जित हात पारेको हो । पहिलो र दोश्रँे सेट २१–२५ र २०–२५ ले गुमाएको न्यू डायमण्ड खेलमा फर्किन लगातार तीन सेट जित्नै पर्ने दवाव थियो । चौथो सेटमा १६–२२ ले पछि परेको अवस्थामा स्टार खेलाडी रमिला तण्डुकारले उत्कृष्ट खेल प्रदर्शन गरे पछि २७–२५ ले सेट आफ्नो पक्षमा पारेको थियो । पाचौं सेटमा पुलिसमाथि शुरुवाती अग्रता लिदै १५–८ म्याच आफ्नो पक्षमा पादै रोमाञ्चत जित हात पारेको हो । खेलमा पुलिसका कमला पुन वुमन अफ दि म्याच घोषित भईन् ।  ३–२ ले खेल जितेको न्युडायमण्डले २ अंक जोड्दा पुलिसले पनि १ अंक हात पार्यो । खेलमा शिर्ष स्थानमा रहेको एपीएफले दोहोरो जित निकालेको छ ।
यस खेल पछि एपीएफ र न्यु डाइमन्डविच उपाधिका लागि तथा पुलिस र पश्चिमाञ्चल विच तेस्रो स्थानका लागि नै प्रतिस्पर्धा हुने सम्भावना प्रबल भएको छ ।  पहिलो खेलमा त्रिभुवन आर्मीलाई २५–१०, २५–१३ र २५–१२ को सेटमा पराजित गर्दा दोश्रो खेलमा चण्डेश्वरीलाई २५–६,२५–१३ र २५–१२ ले निराश बनाएको थियो । खेल गुमाए पनि पराजित टिम त्रिभुवन आर्मीकीबाट मुना बम्जन र चण्डेश्वरीकी शान्ति तामाङ वुमन अफ द म्याच भएका थिए ।
अर्को खेलमा पश्चिमाञ्चलले चण्डेश्वरीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । वुमन अफ द म्याच घोषित मञ्जु गुरुङको उत्कृष्ट प्रदर्शनमा पश्चिमाञ्चलले २५–१०,२५–६ र २५–१२ ले चण्डेश्वरीलाई राक्यो । प्रतियोगितामा एपीएफ क्लबको १२ खेलबाट ३५ सहित शिर्ष स्थानमा रहन सफल भएको छ । ११ खेलबाट न्यडायमण्डको ३०,पुलिसको २५ र पश्चिमान्चलको २१ अंक छ । चण्डेश्वरी,आर्मी र ढोरपाटनले दोश्रो चरणको खेलमा अंक जोड्न सकेका छैनन् ।

Comment