केएनपी महिला भलिबललाई एनआईसी एशिया बैंकको साथ

पाँचौं केएनपी राष्ट्रिय महिला भलिबललाई एनआईसी एशिया बैंकले बैकिङ पार्टनरको रुपमा साथ दिने भएको छ ।शुक्रवार टेक्निकल मिटिङका अवसरमा प्रतिष्ठानकी उपाध्यक्ष सिता खड्का र एनआईसी एशिया बैंकका सुचना अधिकारी रवि केसीबीच सम्झौता पत्र आदन प्रदान भएको छ ।
नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुरचन्दको प्रमुख आतिथ्यमा संचालन भएको टेक्निकल मिटिङ अन्तर्राष्ट्रिय रेफ्रि क्यानिडेड चन्द्र वदन राईले संचालन गरेकी थिईन् । शनिवार देखि संचालन हुने प्रतियोगिता लिगकम नकाउटका आधारमा खेलाईने छ । साविक बिजेता एपीएफ,आर्मी र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ए मा छन् भने समूह बी मा नेपाल पुलिस,होङगान्जी न्युडायमण्ड र पश्चिमाञ्चल रहेकाछन्
लागनखेल स्थित आर्मीको कभर्डहलमा संचालन हुने प्रतियोगिताको बिजेताले २ लाख,उपबिजेताले १ लाख,तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचलाई नगद ५ हजार सहित आर्कषक ट्रफिले पुरस्कृत गर्ने भएका छ । प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय हुने खेलाडी,प्रशिक्षक,ब्यवस्थापक र अन्य ३ टिमका प्रशिक्षक टिम कप्तान र ब्यवस्थापकको लागि फाईनल खेल पश्चात अन्नपूर्ण होटल,दरवार मार्गले रात्री भोजको सौजन्य गरेको छ । खेलाडीलाई प्रोत्सहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड बिजेतालाई सुलक्स सेन्टरबाट ३०÷३० हजार बराबरको टिसट घडी उपलब्ध गराउने छ । साथै दरवार मार्ग स्थित द रिगल ईक(तजभ चभनब िष्लअ) ले प्रथम हुने टिमका सम्पूर्ण सदस्यलाई करिब ५ लाख बराबरको १५ थान सुट पिस प्रायोजन गरेको छ । त्यस्तै प्रतियोगिताको उदयमान खेलाडी तथा शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेता खेलाडीद्धयले बुद्ध एयरबाट सौजन्य गरिएको माउण्टेन फ्लाईट टिकट प्राप्त गर्ने छन् । चार दिने प्रतियोगिताको अनुमानित बजेट २१ लाख रहेको छ ।

Comment