राष्ट्रिय एथलेटिक्स फागुन अन्तिममा

pramila and dilmaya
नेपाल एथलेटिक्स संघको आयोजनामा ४० औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता फागुन २८ गतेदेखि हुने भएको छ ।  पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका खेलाडीले त्रिरेश्वरस्थित दशरथ रंगशालामा तीनदिनसम्म प्रतिस्पर्धा गर्नेछन् । पुरुष र महिलामा समान १८–१८ गरी ३६ स्वर्णका लागि प्रतिस्पर्धा हुने एथलेटिक्स संघका सचिव एवं प्रतियोगिता संयोजक आरके विष्टले जनाएका छन् ।
त्यस्तै संघकै आयोजनामा चैत १८ देखि २० गतेसम्म प्रथम जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता बाँकेको नेपालगन्जमा हुने एथलेटिक्स संघले जनाएको छ ।  तीन विभागीय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफका विचमा उपाधिका लागि प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
एथलेटिक्समा सबैभन्दा प्रतिस्पर्धात्मक मानीएको १ सय मिटर स्पर्धामा पुरुष तर्फ यमसाजन सुनुवार तथा महिलामा दिलमाया कार्की प्रबल दाबेदार रहेका छन् । २ सय र ४ सय मिटरमा पनि उपाधि दाबेदार रहेकी उनीबाट ४ सय मिटरमा नया राष्ट्रिय कीर्तिमानको अपेक्षा गरिएको छ । «हरेक राष्ट्रिय च्याम्पियनसीपमा एक स्टारको उदय हुने परम्परा रहे यस पटक दिलमाया कार्की नै छाउने अपेक्षा नेपाली एथलेटिक्सलाइ नजीकबाट हेर्नेहरुको छ । धेरै स्पर्धामा एकल प्रभाव रहने सम्भावना भए पनि  महिला १ सय मिटर हर्डल्समा पुलिस क्लबकी केशरी चौधरी र एपीएफकी सबिता चौधरी विचको प्रतिस्पर्धा सबैभन्दा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

Comment