उपत्यकाव्यापी तेक्वान्दो हुने

जागरुक युवा क्लबको आयोजनामा प्रथम जेवाईसी उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ५ सय ५८ खेलाडीले १८ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने आयोजकका अध्यक्ष एवं प्रतियोगिता संयोजक सागर कार्कीले जनाएका छन् ।
दुईदिने प्रतियोगितका खेलहरु त्रिज्योति उमावि, कपनको प्राङ्गणमा हुनेछ । प्रतियोगिताको युवा नेता गगन थापाले उद्घाटन गर्ने कार्यक्रम छ ।

Comment