सिता राईको सेमिफाइनल यात्रा


पाकिस्तान अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा स्वर्ण तथा नेपाल अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा रजत पदक हात पारेकी एपिएफकी शोभा गौचनलाई पराजित गर्दै प्रदेश १ की सिता राई अन्तिम चारमा स्थान पक्का गर्न सफल भएकी छिन् । नेपाल ब्याडमिन्टन संघको ११ औं बरियतामा रहेकी सिताले तेश्रो बरियताकी शोभालाई २१–१७, २१– १५ ले पाखा लगाउन सफल भएकी हुन् । अव सिताले फाईनल प्रवेशका लागि शिर्ष बरियताकी सेनाकी नङ्खशल देवी तामाङ्खको सामना गर्ने छिन् । सेनाकी नङ्खशलले सेनाकै रञ्जना भट्टलाई २१ – १८, २१ – १२ ले पन्छाईन् ।
यस्तै अर्को खेलमा सेनाकी अनुमाया राईले उदियमान खेलाडीको रुपमा रहेकी एपिएफकी जेसिका गुरुङ्खलाई २१–१६,२१– ९ ले पाखा लगाउँदै सेनाकै रशिला महर्जनसंगको भेट पक्का गरिन् । जेशिकाले महिला टिम ईभेन्ट्सको प्रतिस्पर्धामा नङ्खशललाई पराजित गरेकी थिईन् । रशिलाले प्रदेश १ की सिमा राजबंशीलाई २१– १४, २१ – ११ले पराजित गरिन् ।
पुरुष एकल तर्फ सेनाका शिर्ष बरियताकी खेलाडी रत्नजित तामाङ्ख उपाधी रक्षा तर्फ अग्रसर भएका छन् । उपाधीका नजिक पुग्ने क्रममा उनले नेपाल पुलिसका जीवन आचार्यलाई २१ – १०, २१ – ११ ले पराजित गरे । अव रत्नले फाईनल प्रवेशका लागि प्रदेश १ का प्रिन्स दाहालसंग प्रतिस्पर्धा गर्ने छन् । प्रिन्सले पुरुष टिम प्रतिस्पर्धाको पुरुष एकल तर्फ रत्नलाई पराजित गरेका थिए । प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–१०,२१–१० ले पन्छाउँदै रत्नसंगको भेट पक्का गरेका हुन् । यस्तै गरि पूर्व च्याम्पियन बिकास श्रेष्ठले सेनाका नविन श्रेष्ठलाई २१–१५, १५ – २१, २१–१६ ले पन्छाउँदै अन्तिम ४ को यात्रा तय गरे । फाईनल प्रवेशका लागि बिकासले सुदूरपश्चिमका दीपेश धामी संग प्रतिस्पर्धा गर्ने भएका छन् । दीपेशले पुलिसका दीपक बोहरालाई २१ । १७, २१ । १५ ले पन्छाउंदै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् ।
दाङ्ख घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला युगल तर्फ सेनाका नङ्खशल देवी तामाङ्ख र अनुमाया राईको जोडी तथा अमिता गिरी र रशिला महर्जनको जोडी पनि सेमिमा प्रवेश गरेका छन् । तामाङ्ख र राईको जोडीले कर्णाली प्रदेशका पुष्पा शाही र सामना भट्टराईको जोडीलाई २१– १०, २१ – १० को सोझो सेटमा पराजित गरे । यस्तै गिरी र महर्जनको जोडीले प्रदेश ३ का तारा आले र मनिषा खड्काको जोडीबाट वाक ओभर प्राप्त गरे । यस्तै सेमिफाईनल प्रवेश गर्ने क्रममा प्रदेश १ का सिता राई र सिमा राजबंशीको जोडीले प्रदेश ३ का महिमा श्रेष्ठ र सफी खत्रीको जोडीलाई २१ – ५, २१ – ३ ले तथा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्खको जोडीले सेनाका लोक्तमा राई र रञ्जना भट्टको जोडीलाई २१ – १२, २१ – १२ ले पाखा लगाए ।
पुरुष युगलको प्रतिस्पर्धामा सेनाका तीन टिम सेमिफाईनल प्रवेश गरेका छन् । सेनका रत्नजित तामाङ्ख र नविन श्रेष्ठको जोडी, सुरोज महर्जन र प्रफुल महर्जनको जोडी तथा पविन लिनथेप र रुकेश महर्जनको जोडी सेमिमा पुगे । तामाङ्ख र श्रेष्ठको जोडीले पुलिसका अनिश श्रेष्ठ र बिष्णुु कटुवालको जोडीलाई २१– १४, २१ – १८ ले, महर्जनको जोडीले प्रदेश २ का सुनिल परियार र सन्तोष कटुवालको जोडीलाई २१ – १४ र २१ – १२ ले तथा लिनथेप र महर्जनको जोडीले पुलिसका गौरव दाहाल र सुनिल जोशीको जोडीलाई २१ – १७, २१ – १९ को अन्तरमा पराजित गर्दै सेमि प्रवेश गरेका हन् । यस्तै सेमिफाईनल प्रवेश गर्ने अर्को जोडीमा एपिएफका दीपेश धामी र विजित थापा मगरको जोडी रहेको छ । धामी र मगरको जोडीले पुलिसका जीवन आचार्य र दीपक बोहराको जोडीबाट वाक ओभर प्राप्त ग¥यो ।
यस्तै मिश्रीत युगल तर्फको खेलमा एपिएफका पुजा श्रेष्ठ दीपेश धामीको जोडीले सेनाका सुरोज महर्जन र रशिला महर्जनको जोडीलाई २१–१०, २१– ११ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे । अर्को खेलमा एपिएफका जेशिका गुरुङ्ख र गौतम सिंह कठायतको जोडीले सेनाका रञ्जना भट्ट र रुकेश महर्जनको जोडी माथि २१ – १३, २१ – १८ को जित निकाले । यस्तै सेनाका अमिता गिरी र नविन श्रेष्ठको जोडीले प्रदेश १ का सिता राई र विकास श्रेष्ठको जोडी माथि २१ – १२, २१ – ६ को जित निकाल्दै पुजा र दिपेशसंगको भेट पक्का गरे । अर्को सेमिफाईनलमा सेनाका रत्नजित तामाङ्ख र अनुमाया राईको जोडीले एपिएफका विजित थापा मगर र शोभा गौचनको जोडीलाई १६ – २१, २१ – १३, २१ – ८ ले पराजित गर्दै एपिएफका गौतम र जेशिका संगको भेट पक्का गरे ।

Comment