वादोरियो पदक विजेता सम्मानित

karate samman edited
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल वादोरियो कराते खेलाडीलाई संयुक्त यातायात सञ्चालक समितिले बुधबार नगदसहित सम्मान गरेको छ ।        समितिको १३ औं साधारणसभा तथा महाधिवेशनको अवसरमा बसुन्धराको मेघा पार्टी भेन्युमा आयोजित कार्यक्रममा पदक विजेता सिमोन खत्री, तेजबहादुर तामाङ र लक्ष्मण तामाङलाई नगद ५–५ हजार र प्रशंसापत्रबाट सम्मान गरिएको हो ।
त्यसै अवसरमा करातेको विकास र विस्तारमा योगदान पु¥याएको भन्दै नेपाल कराते महासंघका महासचिव, वादोरियोका प्रमुख प्रशिक्षक एवं दक्षिण एसियाली वादोरियो कराते महासंघका अध्यक्ष हरिशरण केसीलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।
सिमोनले श्रीलंकामा भएको पहिलो वादो अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको दक्षिण एसियाली करातेमा २ स्वर्ण तथा मलेसियामा भएको अन्तर्राष्ट्रिय करातेमा १ स्वर्ण र १ कांस्य जितेका थिए । तेजले श्रीलंकामै भएको दोश्रो वादो अन्तर्राष्ट्रिय करातेमा १ स्वर्ण र १ कांस्य तथा लक्ष्मणले २ रजत जितेका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारी र संयुक्त यातायात सञ्चालक समितिका अध्यक्ष पून्यप्रसाद सिटौला (सरोज) ले उनीहरुलाई सम्मान गरे ।

Comment