एपीएफसंग पञ्चिमाञ्चलको हार

paschimanchal
दशौं ढोरपाटन ब्लू स्काई कप टिभिएस महिला डबल लिग भलिबल प्रतियोगितामा एप्ीएफ उपाधि यात्रामा लम्कीएको छ । मंगलबार भएको खेलमा एपीएफले पश्चिमाञ्चललाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट पश्चिमाञ्चलले २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो २५–१०, तेस्रो २५–१३ तथा चौथो सेटमा एपीएफले २६–२४ ले आफ्नो पक्षमा पार्दै पश्चिमाञ्चलाई निराश पारेको हो । खेलमा एपीएफकी रेश्मा भण्डारी वुमन अफ दि म्याच घोषित भइन । अर्को खेलमा चण्डेश्वरी बिरुद्ध न्युडायमन्डले सहज जित निकालेको छ ।
दोस्रो दिनको अर्को खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५–१५, २५–८ र २५–१३ को सोझो सेटमा पराजित गरेको थियो । खेलमा पुलिसका कमला पुन वुमन अफ दि म्याच चुनिइन । काठमाडौंको नयाँ बसपार्कमा भएको खेलमा न्यू डायमण्ड एकेडेमीले चण्डेश्वरीलाई २५–६, २५–८ र २५–१२ को सोझो सेटमा पराजित गरेको हो । खेलमा न्यू डायमण्डकी कृपा अधिकारी वुमन अफ दि म्याच घोषित भईन ।  प्रतियोगिता अन्तर्गत बुधबार सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी, पश्चिमाञ्चल र चण्डेश्वरी, न्यू डायमण्ड र पुलिस तथा सशस्त्र प्रहरीको एपीएफ र चण्डेश्वरी भिड्ने छन् ।

Comment