चैतमा महिला क्रिकेट लिग
![](https://i0.wp.com/www.khelkudnews.com/wp-content/uploads/2019/02/WCL2e.jpg?resize=519%2C295)
क्वीन्स इभेन्ट म्यानेजमेन्टले २२ देखि ३० चैतसम्म महिला च्याम्पियन्स लिगको आयोजना गर्ने भएको छ । प्रतियोगितामा ५ शहरका ५ फ्रेन्चाईज् टिमको सहभागिता रहने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिताका सम्पूर्ण खेलहरु काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छ ।